free website hit counter

बिमा समितिको निर्देशन दश बिमा कम्पनीले टेरेनन्

beemaadmin
२०७६ भाद्र ७, शनिबार

काठमाडौं । बिमा कम्पनीहरुको नियमनकारी निकाय राष्ट्रिय बिमा समितिले दिएको समयभित्र १० वटा बिमा कम्पनी वित्तीय विवरण सार्वजनिक गरेका छैनन् । कूल ३९ वटा बिमा कम्पनी तथा एउटा पुनर्बिमा कम्पनी रहेकोमा ३० वटा कम्पनीले निर्धारित समयमा वित्तीय विवरण सार्वजनिक गरिसकेको समितिले जनाएको छ । १० वटा कम्पनीले साउन मसान्तभित्रमा वित्तीय विवरण सार्वजनिक नगरेको समितिले जनाएको हो । नियमनकारी निकाय समितिको प्रभावकारी नियमन नहुँदा बिमा कम्पनीहरुले वित्तीय अनुशासन समेत उल्लंघन गर्न थालेको पाइएको छ ।

सार्वजनिक नगर्नेमा एक पुनर्बिमा कम्पनी, तीन जीवन बिमा कम्पनी र छ वटा निर्जिवन बिमा कम्पनी रहेका छन् । समितिको वित्तिय अनुशासनभित्र रही तोकिएको समयमा उनीहरुले वित्तिय विवरण सार्वजनिक नगरेका हुन् । वित्तिय विवरण सार्वजनिक नगर्ने बिमा कम्पनीलाई बिमा ऐनअनसार आवश्यक कारवाही गरिने समितिले जनाएको छ ।

सम्बन्धित समाचार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार

आज तोलाकै ११ हजारले घट्यो सुन

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार