free website hit counter

बिहे गरेर मात्र के गर्नु, काम कुरै नभएपछि, जनसंख्या घटेर हैरान

beemaadmin
२०७७ मंसिर २८, आईतवार

एजेन्सी । जापानमा मानिसहरुले विवाह त गर्छन् तर यौनसम्बन्ध राख्दैनन् । जापानमा कैयौं विवाहित जोडीहरुले ‘सेक्स फ्रि’ जीवन बिताइरहेका छन् । जापानमा कैयौं मानिसहरु यस्ता छन् जो जीवनभर अविवाहित रहन्छन् । हुन त अरु देशमा पनि आजीवन अविवाहित रहनेहरु छन् तर जापानमा यस्ता मानिसहरुको संख्या अन्यत्रभन्दा उच्च छ ।

त्यसमाथि विवाह गरेकाहरुले पनि यौनसम्बन्धबाट तर्किन थालेपछि जापानमा जन्मदरमा लगातार गिरावट आइरहेको छ । समाचार एजेन्सी डिपीएको रिपोर्टअनुसार जापानमा यस्ता मानिसहरुको संख्या लगातार बढिरहेको छ जो जीवनभर सिंगल रहन चाहन्छन् । यही कारण जापानमा कूल जनसंख्यामा वृद्धवृद्धाको संख्या लगातार बढिरहेको छ ।

यो स्थिति निकै चिन्ताजनक हो र यसलाई जापान सरकारले पनि अहम संकटको रुपमा हेरिरहेको छ । यसबाट देशको अर्थतन्त्रमा पनि खराब असर परिरहेको छ । मेरिको नामकी महिलाका अनुसार उनी आफ्नी एक मित्रका विषयमा चिन्तित छिन् किनकि उनकी मित्र बच्चा चाहन्छिन् तर उनकी मित्रका पति भने यौनसम्बन्ध राख्नै चाहँदैनन् । मेरिको आफैं पनि पति र बच्चा चाहन्छिन् तर यसको लागि उनले आफ्नो लागि उचित पति भेट्नै सकिरहेकी छैनन् ।

चुओ युनिभर्सिटीका प्रोफेसर मसाहिरो यामडाको अनुमान अनुसार जापानका करिब २५ प्रतिशत युवा सम्भवतः जीवनभर सिंगल रहनेछन् र कहिल्यै बिहे गर्ने छैनन् । रिपोर्टका अनुसार पछिल्लो ३ दशकमा जापानमा सिंगल व्यक्तिहरुको संख्या धेरै बढेको छ । जापानमा पनि सामान्यतया महिलाले घरको काम हेर्ने र पुरुषले बाहिर कमाउने परम्परा चलिआएको छ । तर, देशको अर्थतन्त्र राम्रो नभएका कारण महिलाहरुले राम्रो कमाइ भएका पार्टनर पाउन सकिरहेका छैनन् । अर्कोतर्फ देशमा कैयौं व्यक्ति यसकारण पनि सिंगल छन् किनकि अधिक कामका कारण उनीहरुसँग खाली समय नै रहँदैन ।

२०१५ मा थाहा भएको थियो कि १९९२ को तुलनामा देशमा २०१५ मा आइपुग्दा १८ देखि ३९ वर्ष उमेरका युवाहरुमा सिंगल महिलाको संख्या मात्र २२ लाख बढी भइसकेको थियो । त्यही अवधिमा सिंगल पुरुषहरुको संख्या १७ लाख बढेको थियो । अहिले जापानको कूल जनसंख्या करिब साढे १२ करोड छ । एक अध्ययनमा जापानमा हरेक ४ मध्ये एक महिला र हरेक ३ मध्ये एक पुरुष ३० वर्षभन्दा धेरै उमेर भइसक्दा पनि सिंगल भएको खुलासा भएको थियो । यीमध्ये आधालाई वैवाहिक सम्बन्धमा रुचि थिएन । रिपोर्टअनुसार जापानमा उमेर पुगेका तर भर्जिन अर्थात कुमारित्व नै नगुमाएका व्यक्तिहरुको संख्या पनि बढिरहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार