free website hit counter

बीमकहरुको लगानी क्षेत्र विस्तार हुन सकेन (निर्देशिकामा के छ ?)

beemaadmin
२०७६ फाल्गुन २५, आईतवार

काठमाडौं । नियमनकारी निकाय बीमा समितिको नीति तथा निर्देशनमा चल्ने बीमा कम्पनीहरुले लगानी गर्ने निश्चित क्षेत्र तोकिएको हुन्छ । पहिले लगानीको क्षेत्र सीमित भएका कारण बीमा समितिले लगानी निर्देशिका २०७५ जारी गर्दै लगानीको क्षेत्र विस्तार गरे पनि बीमकहरु त्यस क्षेत्रप्रति खासै आकर्षित हुन सकेका छैनन् । नेपालमा सञ्चालित बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा करिब ३ खर्ब १६ अर्ब रुपैयाँ लगानी गरेका छन्। बीमा समितिकाअनुसार अनुसार जीवन बीमा कम्पनीहरुले २ खर्ब ७३ अर्ब ८७ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले ४२ अर्ब २९ करोड २५ लाख रुपैयाँ लगानी गरेका छन्।

एक वर्ष अघि नियमनकारी निकाय बीमा समितिले बीमकको लागि लगानी निर्देशिका २०७५ लागू गरेसँगै लगानीको दायरा पनि विस्तार भए पनि बीमकहरु भने अझै पनि बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपकै भर परिरहेका छन् । लगानी निर्देशिका अनुसार लगानीको क्षेत्रहरु धेरै भए पनि अझै वाणिज्य बैंक तथा विकास बैंकको निक्षेपमै विश्वस्त देखिएका छन् । बीमा समितिले जारी गरेको लगानीको निर्देशिका अनुसार लगानीका लागि अन्य क्षेत्रहरु भए पनि लगानी सुरक्षित हुने र बीमा कम्पनीहरुले नाफा आम्दानी गर्नको लागि पनि बैंक तथा वित्तीय संस्थाले दिने ब्याज नै सुरक्षित भएको बीमकहरुले बताएका छन् ।

Advertisement
Advertisement

लगानी निर्देशिका अनुसार बीमा कम्पनीहरुले सूचीकृत कम्पनीको साधारण शेयर र घरजग्गामा लगानी गर्न पाउने समेत व्यवस्था छ। यस्तै कृषि पर्यटन र जलस्रोत लगायतका पूर्वधारमा ऋण वा पूँजी समेत लगानी गर्न सकिने व्यवस्था रहेको छ। तर पनि त्यस क्षेत्रमा बीमकहरुको लगानी आकर्षण देखिएको छैन । जीवन बीमातर्फ नेपाल लाइफले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा ८२ अर्ब ५९ करोड ४० लाख रुपैयाँ लगानी गरेको हो। यो जीवन बीमा अन्तर्गत कूल लगानी रकम २ खर्ब ७३ अर्ब ८७ करोड रुपैयाँको ३०.१९ प्रतिशत हो।

Advertisement
Advertisement

यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले ४८ अर्ब ९६ करोड ५० लाख, नेशनल लाइफले २८ अर्ब ४७ करोड ४५ लाख, राष्ट्रिय बीमा संस्थानले २३ अर्ब ५१ करोड ५७ लाख रुपैयाँ र मेट लाइफले १९ अर्ब ६४ करोड १६ लाख रुपैयाँ लगानी गरेको छ। एशियन लाइफ १७ अर्ब ८४ करोड ८३ लाख र प्राइम लाइफले ११ अर्ब ८८ करोड २८ लाख रुपैयाँ लगानी गरेको छ।

यसैगरी सूर्या लाइफ र गुराँस लाइफले ७ अर्ब बढीको लगानी गरेका छन्। नयाँ जीवन बीमा कम्पनीमध्ये युनियन लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै ४ अर्ब ३१ करोड ६० लाख रुपैयाँ लगानी गरेको छ। सन नेपाल र सिटिजन लाइफले ३ अर्ब बढी लगानी गरेको छ भने आईएमई लाइफ, रिलायन्स लाइफ र ज्योति लाइफले २ अर्ब बढी लगानी गरेका छन्। सबैभन्दा कम महालक्ष्मी लाइफले एक अर्ब ६७ करोड ९३ लाख रुपैयाँ लगानी गरेको बीमा समितिको तथ्यांक छ।

यसैगरी, निर्जीवन बीमा कम्पनीतर्फ भने राष्ट्रिय बीमा कम्पनीले सबैभन्दा धेरै ४ अर्ब १६ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ। यो निर्जीवनतर्फको कूल लगानी ४२ अर्ब २९ करोड २५ लाख रुपैयाँको ९.८५ प्रतिशत हो। नेको र शिखर इन्स्योरेन्सले ३ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन् भने प्रिमियर, एभरेष्ट, सगरमाथा, सिद्धार्थ, लुम्बिनी जनरल र एनएलजी इन्स्योरेन्सले २ अर्ब रुपैयाँभन्दा बढी लागनी गरेका छन्।

यस्तै हिमालयन जनरल, नेपाल इन्स्योरेन्स, आइएमई जनरल, प्रुडेन्सियल, प्रभु र युनाईटेड इनस्योरेन्सले एक अर्बभन्दा बढी रकम लगानी गरेका छन्। नयाँ सञ्चालनमा रहेका तीन निर्जीवन बीमा कम्पनीले पनि यस अवधिसम्ममा करिब एक अर्ब रुपैयाँ लगानी गरेको छ। सानिमा जनरलले ९९ करोड ८१ लाख रुपैयाँ, अजोडले ८७ करोड ९७ लाख रुपैयाँ र जनरल इन्स्योरेन्सले ८३ करोड ९३ लाख रुपैयाँ लगानी गरेका छन्।

लगानी निर्देशिका २०७५ मा के छ ?

सम्बन्धित समाचार