free website hit counter

बीमाक्षेत्रमा दलाल भनेको के हो ?

beemaadmin
२०७८ माघ ११, मंगलवार

हाम्रो समाजमा दलाल भन्नाले कमिशन खाएर घर जग्गा मिलाइदिने चेलीबेटी बेचबिखन गर्ने वा वैदेशिक रोजगारमा पठाउने व्यक्ति भनेर चिनिन्छ । बीमाक्षेत्रमा भने दलाल शब्दको परिभाषा अर्कै छ । पहीलो बीमा कम्पनी र दोस्रो पुनर्बीमा कम्पनी बीच कारोवार गराइदिने माध्यम दलाल मार्फत हुन्छ। उक्त दलालको आफ्नै क्षमता र प्रतिष्ठित पनि हुनुपर्दछ।

नेपालमा दलालकाे व्यवस्था के छ ?
नेपालमा साना पुनर्बीमा कम्पनीहरुले प्रतिस्पर्धा गर्न पर्ने भएको हुँदा डलरको भूमिगका कम छ। नेपालभित्रकै बीमा कम्पनीहरुले पुनर्बिमाको हिस्सा नेपालभित्र दिनुपर्ने भएकोले पुनर्बीमा कम्पनीहरुलाई व्यवसाय खोज्न समस्या नपर्ने हुँदा दलालको आवश्यकता कम छ। खासमा सरकारी स्वामित्वको पुनर्बीमा कम्पनीलाई केही प्रतिशत व्यापार दिएर बाँकी व्यवसाय दलालमार्फत नै पुनर्बिमाको बजार विस्तार हुने हो। यस्तो पुनर्बीमा देशभित्र र देश बाहिर जहाँ पनि हुनसक्छ।

बिदेशी अभ्यास के छ ?
प्राय बिदेशीको जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले ५ देखि ५० प्रतिशतसम्म पुनर्बिमाको हिस्सा सरकारी स्वामित्वमा रहेका बीमा कम्पनीमा पुनर्बीमा गर्नुपर्ने प्रावधान राखेका छन् तर शतप्रतिशत पुनर्बिमाको हिस्सा दिँदैनन् र लिँदैनन् पनि।

दलालले के पाउँछन् ?
जसरी जीवन तथा निर्जीवन बीमामा बीमा अभिकर्ताको उल्लेखनीय भूमिका रहन्छ त्यसैगरी पुनर्बीमा बजारमा पनि दलालको महत्त्वपूर्ण भूमिका छ। बीमा दलालले बीमा कम्पनी र पुनर्बीमा कम्पनीबीचमा जोखिम स्थान्तरण गराइ बुझाईएको बीमा शुल्कबाट सीमित कमिसन पाउँछन् र बीमा कम्पनीहरूको मुनाफाको केही हिस्सा पनि पाउँछन्।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार