free website hit counter

बीमामा रोजगारीको राम्रो आकर्षण र प्रतिफल छ

beemaadmin
२०७६ कार्तिक ३, आईतवार

नेपाल राष्ट्र बैंकबाट करिअर सुरु गर्नुभएका शिवराम तिमिल्सिनाले वाणिज्य बैंक तथा बीमा क्षेत्रमा गरी करिब ३५ वर्ष बिताइसक्नु भएको छ । व्यवस्थापनमा स्नातकोत्तर तथा एलएलबी गर्नुभएका तिमिल्सिनाले पेसासँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम तथा गोष्ठीका अनुभव पनि संगालिसक्नुभएको छ । हाल उहाँ सानिमा लाइफ इन्स्योरेन्स कम्पनीमा महाप्रबन्धकका रूपमा कार्यरत हुनुहुन्छ । उहाँसँग अर्थबीमा डटकमका लागि सम्पादक नुरराज कँडेलले गर्नुभएको छोटो कुराकानी :

० बैंकहरू मार्फत् बीमा कम्पनीले बिमालेख (बैक्योसुरेन्स) बेच्दै आएकोमा यस वर्षको मौद्रिक नीतिमा सो कार्यलाई निरुत्साहित गरेको छ, त्यसले बीमा कम्पनीहरूमा कस्तो असर पार्ला ?
– कसरी व्यवस्थित गर्ने भन्ने छलफलकै विषय छ । बैंक भनेको कर्पोरेट एजेन्ट हो र हाल काम गर्न पाएको छैन । आशा छ राम्रै निकाश आउला । निरुत्साहित होइन व्यवस्थित गर्दै अगाडि बढ्नुपर्छ ।

० नेपाली बीमा बजार अझै विस्तार भएको छैन, बजार विस्तारमा के कस्ता पहल गर्नु पर्ला ?
– बजार क्रमशः विस्तार भइरहेको छ र आङ्खनो पहुँच बढाइरहेको छ । सानीमा लाइफले जहाँ बीमा सेवा पुगेको छैन त्यस ठाउँमा आङ्खनो शाखा सञ्जाल बढाइरहेको छ यो प्रक्रिया निरन्तर रहन्छ । नयाँ सोच आम नागरिकको आवश्यकताअनुसारको बीमा योजना लिएर जान सके बजार विस्तारको सम्भावना राम्रो छ ।

० आम्दानी कम भएको र अर्थतन्त्र फस्टाउन नसकेको वर्तमान अवस्थामा बीमा बजार कसरी अगाडि बढ्ला ?
– आयस्रोतको आधारमा र व्यक्तिको आवश्यकतामा भर पर्ने कुरा हो । व्यक्तिलाई बीमाको आवश्यकता महसुस हुनुपर्दछ यसमा बीमकहरूले आङ्खनो दायित्व बहन गर्नु पर्दछ । बीमा आफैंले क्रमशः आफ्नो क्षमता बढाउँदै जान्छ ।

० बीमा दाबी प्रक्रिया झन्झटिलो छ भनिन्छ ? कतिपय अवस्थामा त कागजात पु¥याउन नसकेर दाबी भुक्तानी लिन नसकिने अवस्था त छैन ?
– जीवन बीमामा दाबी प्रक्रिया झन्झटिलो हुँदैन । आवश्यक कागजात बीमा गर्दा नै पुगेको खण्डमा दाबी प्रक्रिया सजिलो हुन्छ । हाम्रो सानीमा लाइफमा हालसम्म एउटा पनि दाबी भुक्तानी बाँकी छैन ।

० जीवन र नीर्जिवन बिमाको चुक्ता पुँजी पु¥याउन हम्मेहम्मे परेको अवस्था छ यस्तो अवस्थामा मर्जरको सम्भावना कत्तिको छ ?
– यो एउटा विकल्प मात्र हो, जसलाई अवाश्यकछ ऊ सहभागी हुन सक्छ । सानीमा लाइफको पुँजी पुगेको छ छिटै ६० करोडको पब्लिक शेयर पनि जारी गर्दैछ ।

० बीमाको बजार सानो छ, नयाँ जीवन बीमा कम्पनीहरू थपिएका छन्, यस्तोमा अस्वस्थ प्रतिस्पर्धा त बढ्दैन ?
– बीमाको बजार सानो होइन ठूलो छ, जबकि १९ प्रतिशतले मात्र बीमा गरेको तथ्यांक छ । हामी स्वस्थ तरिकाले काम गरिरहेका छौं, अस्वस्थ प्रतिस्पर्धा गर्नु हुँदैन । कम्पनी थपिनु भन्दा पनि बजारमा कसरी काम गर्ने भन्ने कुराले अर्थ राख्छ । ८१ प्रतिशत जनसंख्यलार्ई अझै बिमा गराउन सकिएको छैन ।

० बीमा क्षेत्रमा दक्ष जनशक्तिको खाँचो देखिन्छ, त्यसो हुनुमा मुलुकभित्रै राम्रो तालिमको व्यवस्था नहुुनु हो वा यस क्षेत्रमा उचित प्रतिफल नभएर रोजगारीको आकर्षण नदेखिएको हो ?
– धेरै बीमा कम्पनी र ठूलो बजार भए पनि दक्ष जनशक्तिको अभाव नै छ । किनकि यो प्राविधिक क्षेत्र हो तै पनि नियामनकारी निकायले तालिम दिईरहेको छ र सानीमा लाइफले पनि त्यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ, सबैले यस्ता कार्यक्रम सञ्चालन गरे जनशक्ति पर्याप्त हुन्छ । बीमामा रोजगारीको राम्रो आकर्षण र प्रतिफल पनि छ ।

० नेपाली बीमकले विदेशी पुनर्विमा कम्पनीसँग बीमा गर्दा अधिकांश बीमा शुल्क विदेशिने गरेको वर्तमान सन्दर्भमा बीमा गरिएको रकम मुलुकभित्रै राख्न के कस्ता व्यवस्थाहरू हुँदैछन् ?
– पुनर्बीमाको शुल्क बाहिरिने र भित्रिने क्रम उस्तै हुन्छ । किनकि पुनर्बीमा भनेकै फरक फरक देशमा फरक फरक कम्पनीमा छरेर गरिन्छ । यसो गर्दा जोखिम पनि छरिन्छ ।

० बीमा बजार सुधारका लागि तपाईंको सुझाव के छ ?
– दक्ष जनशक्ति उत्पादन, तालिम, बीमा अभिकर्ताहरूलाई सिपको ज्ञान दिई बजार बढाउन सकिन्छ । सानीमा लाइफले योग्य कर्मचारी, अभिकर्ता उत्पादन गरी नयाँ तरिकाले बजार व्यवस्थापन गरेको छ ।

० सबैलाई प्यान अनिवार्य गर्ने नियम लागू गर्न सम्भव होला ?
– सरकारको नीति नियम हो, सरकारले सुझबुझका साथ नै यस्तो नीति नियम ल्याउने गर्दछ । सबैले पालना गर्नुपर्दछ, असम्भव भन्ने नै हुँदैन ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार