free website hit counter

बीमा अभिकर्ताको दोहोरो इजाजत खारेज गर्नु पहिले किन चाहियो सफाई पत्र ?

beemaadmin
२०७९ फाल्गुन २४, बुधबार

बीमा ऐन २०७९ अनुसार एउटै प्रकृतिको एक भन्दा बढी बीमकसँग अभिकर्ता भएर काम गर्न नपाउने व्यवस्था छ । जसअनुसार बीमा प्राधिकरणले अभिकर्ताको विस्तृत विवरण माग गरेको छ र यसको म्याद फागुन २७ सम्म सारियो । यसरी बीमा अभिकर्ताले विवरण पेश गर्दा एउटै बीमकबाट पेश गरेका हुन्छन् वा कुनै पनि बीमकमा आवद्ध नभई छोड्दिन्छन् । उत्प्रेरणा रकम, कमिशन नियम बमोजिम अभकर्तालाई दिनै पर्छ दिइरहेका छन् ।

कम्पनीको इजाजत खारेज गर्न किन निवेदन दिने ?

जबकि एउटै प्रकृतिको एक भन्दा बढी बीमकसँग आवद्ध भएमा बीमा ऐन २०७९ अनुसार अभिकर्ता दण्ड सजायँको भागिदार बन्दछ । यो जानकारी भएपछि दोहोरो, तेहेरो इजाजत लिन हुँदैन र दिँदैनन् पनि । बीमा प्राधिकरणले बीमीतको हित र बीमकको व्यवसायलाई मध्यनजर गरेर त्यस्तो व्यवस्था गरेको हुन सक्दछ तर त्यो पारदर्शिता र व्यक्तिगत गोपनियतामा पर्दैन ।

अभिकर्ताको गोपनियता

बीमा अभिकर्ताले धेरै बीमकसँग मध्यस्थ कर्ता गरी काम गरेका र एउटा बीमक रोजेर काम गर्दा बाँकीसँग म काम गर्दिन भन्दा उसको पेशागत गोपनियता भंग हुन्छ जसले उपको संस्थागत र व्यक्तिगत जीवनमा असर पर्न सक्छ । यसमा बीाम र बीमा प्राधिकरणको पनि ध्यान जान जरुरी हुन्छ किनकि कुनै व्यक्ति कुन बीामकसँग काम गर्दैछ भन्ने जानकारी सबैलाई दिनु जरुरी छैन ।

इजाजत नविकरण् गर्दा नै सबै थाहा हुन्छ

हाल आएर बीमा प्राधिकरणले काम गरेको अभिकर्ता विवरण ठिक छ । तर सबै बार पार गर्न दबाव नदिनु राम्रो हुन्छ । किनकि चैत मसान्तसम्ममा इजाजत नविकरण गर्दा अफिस आए जानकारी भइहाल्छ र सिस्टमले पनि देखाउला त्यसै यस विषयलाई धेरै बहसको विषय र हाउगुजी नबनाउँदा राम्रो होला ।

अभिकर्तालाई निरुत्साहित नगरौं

जीवन बीमाको व्यापार र दायरा घट्नसक्छ । बीमा ऐन २०७९ अनुसार बीमासँग सरोकारवालाहरुलाई निर्देशिन गर्ने कारबाही गर्ने लगायतको व्यवस्था हुँदाहुँदै नेपालमा बीमा प्राधिकरणले अभिकर्ताको लागि पनि विविध तवरले व्यवस्थित गर्न खोजेको छ तर भकुण्डोलाई समातेर थेचारोपछि उफ्रिन्छ र कहाँ पुग्छ थाहा हुँदैन । जसको फलस्वरुप अभिकर्ताहरुको इजाजत नविकरण कम भई बीमा व्यवसायमा नकारात्मक प्रभाव पार्न सक्छ ।

सम्बन्धित समाचार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार

आज तोलाकै ११ हजारले घट्यो सुन

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार