free website hit counter

बीमा प्राधिकरणकी कार्यवाहक अध्यक्ष पौडेल उपराष्ट्रपति कार्यालयमा सरुवा

beemaadmin
२०८३ जेष्ठ २६, मंगलवार

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदको जिम्मेवारी सम्हालिरहेकी चन्द्रकला पौडेलको सरुवा भएको छ।

सरकारले पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट उपराष्ट्रपति कार्यालयमा सरुवा गरेको हो। उनी सचिव पदमा कार्यरत रहँदै नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी समेत सम्हालिरहेकी थिइन्।

Advertisement
Advertisement

पौडेलको सरुवासँगै बीमा प्राधिकरणको नेतृत्व र आगामी व्यवस्थापनबारे चासो बढेको छ। प्राधिकरणमा अध्यक्ष पद लामो समयदेखि स्थायी रूपमा पूर्ति हुन नसकिरहेका बेला पौडेलले कार्यवाहक रूपमा जिम्मेवारी निर्वाह गर्दै आएकी थिइन्।

Advertisement
Advertisement

सरकारको पछिल्लो निर्णयअनुसार अब उनले उपराष्ट्रपति कार्यालयमा सचिवको जिम्मेवारी सम्हाल्नेछिन्।

सम्बन्धित समाचार