free website hit counter

बीमा प्राधिकरणद्वारा दुई बीमा कम्पनी कारबाहीमा

beemaadmin
२०८३ बैशाख २४, बिहीबार

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा ऐन, २०७९ तथा जारी निर्देशनहरूको पालना नगरेको भन्दै दुई बीमा कम्पनीलाई कारबाही गरेको छ।

प्राधिकरणले सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङलाई जरिवाना गरेको हो।

Advertisement
Advertisement

प्राधिकरणका अनुसार सलिकोले सम्पत्ति बीमा निर्देशन, २०८० को दफा २५ (२) विपरीत कार्य गरेको पाइएको छ। उक्त व्यवस्थाअनुसार बीमालेखमा कुनै पनि प्रकारको छुट, रिहायत वा सहुलियत दिन पाइँदैन। तर, अभिकर्ता प्रयोग नगरी सिधै बीमालेख बिक्री गरिएको अवस्थामा पाँच प्रतिशतसम्म छुट दिन सकिने व्यवस्था छ।

Advertisement
Advertisement

सलिकोले सो प्रावधान उल्लंघन गरेको पाइएपछि बीमा ऐन, २०७९ अनुसार कम्पनीलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको प्राधिकरणले जनाएको छ।

त्यसैगरी, लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङले पुनर्बीमा दलाल सम्बन्धी निर्देशिका, २०७८ को दफा १५ को उपदफा (१) र (२) पालना नगरेको पाइएको छ। निर्देशिकाअनुसार समितिको स्वीकृतिबिना पुनर्बीमा दलाल संस्थाको स्वामित्व हस्तान्तरण, परिवर्तन वा विघटन गर्न पाइँदैन।

तर, कम्पनीले उक्त व्यवस्था उल्लंघन गरेपछि प्राधिकरणले बीमा ऐन, २०७९ बमोजिम पाँच हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ।

सम्बन्धित समाचार