free website hit counter

बीमा बजारमा थप चुनौती थपिँदै

beemaadmin
२०७७ चैत्र २३, सोमबार

सबै व्यवसायमा चर्को प्रतिस्पर्धा छ । एउटा सफल भएपछि त्यसको सिको गर्ने र उस्तै प्रकृतिका व्यवसाय गर्नेको लर्को नै लाग्छ । नेपालको बजार प्राय सबै क्षेत्रको प्रतिस्पर्धात्मक छ र हुनु पनि पर्दछ । नयाँ सिर्जना भन्दा देखासिकी र निरन्तरताको निरन्तरता नै बढी पाइन्छ । यसै पाटोको एउटा सफल व्यवसायको रुपमा बीमा व्यवसाय पनि पर्दछ । नेपालमा सबै प्रकारका बीमा कम्पनीहरु प्राय छन् जसमा जीवन, निर्जिवन र पुनर्बीमा । वि.सं. २०२४ सालमा राष्ट्रिय बीमा संस्थानको स्थापनापछि ६ चरणमा बीमा कम्पनीको विस्तार भई ४० वटा बीमकहरु हुन पुगेका छन् । २०६० को सेरोफेरोमा बीमकको उपस्थिति थोरै थियो । बीमाको दायरा पनि थोरै नै थियो । जसमा ५–७ प्रतिशतको हाराहारीमा बीमा गरिएको पाइन्थ्यो भने हाल बीमकहरु पनि बढी छन् र बीमाको दायरा पनि बढेर २२–२५ प्रतिशतको हाराहारीमा पुगेको छ ।

बीमकको संख्या बढ्दा व्यापार बढ्दो रहेछ ?
उपरोक्त तथ्यांकले त्यही देखाउँछ तर सामान्यतया अर्थशास्त्रको नियम भनेको माघ बढी भए पूर्ति कम हुन्छ र माग कम भए पूर्ति बढी हुन्छ । यो प्राय सबै व्यवसायमा लागू हुन्छ । तर बीमामा जति बेला बीमक कम थिए व्यापार बढी हुनु पर्दथ्यो । तर उल्टो जब बीमक बढी भए व्यापार पनि बढी भयो । किनकि यो प्राविधिक व्यवसाय भएको हुनाले सबैले सबै कुरा बुझ्दैनन् । आम जनमानसलाई बीमाबारे जानकारी दिने बीमकले हो र त्यसपछि बीमा समितिले हो । तत्कालिन अवस्थामा चेतना विस्तारमा गति नलिए पनि हाल आएर बीमकलगायत विभिन्न सञ्चार माध्यमहरु लगायतले बीमा बजारको प्रचार प्रसारमा सकारात्मक र रचनात्मक भूमिका खेलेर नै बीमा बजार सन्तोषप्रद देखिन्छ । यहाँ माग र पूर्तिको सिद्धान्त नमिल्नु प्रमुख कारण पनि यही हो र अन्य सहायक कारणहरु धेरै छन् ।

बीमा बजार र समस्या सँगसँगै बढे
कुनै पनि क्षेत्र समस्यारहित हुँदैन त्यसभित्र बीमा व्यवासय पनि प¥यो । बीमा बजार विस्तारको क्रममा अस्वस्थ प्रतिस्पर्धा भइरहे । जीवन वा निर्जिवन बीमामा यो क्रम जारी छ । जीवन बीमामा नयाँ बीमकलाई स्थापित हुनलाई नयाँ बीमालेख बजारमा बिक्री गर्ने बाध्यता जसमा अन्य भन्दा फरक हुनु पर्ने । यसरी आकर्षक बीमालेख जारी गरी बिक्री गर्दा गर्दै कुनैलाई बीमा समितिले प्रतिवन्ध लगाइदियो भने कुनै बीमालेखको जोखिम र घोषित मुनाफा दिन नसकेर बीमालेख नै बिक्री गर्न बन्द गर अभिकर्ताहरुलाई अन्य बीमा लेख बिक्री गर्दाको बढी फाइदा हुन्छ भनी प्रोत्साहन गर्न थाले वा २÷३ वर्षमा नै आफ्नो पोलिसी बिक्री बन्द गरे । यो एउटा अदूरदर्शी बजार व्यवस्थापन र प्रमुख विकृति हो ।

निर्जिवन बीमाको समस्या झन् बढी
बीमा बजार अभिकर्तामुखि नै हुन्छ । त्यो राम्रो र एकद्वार प्रणाली जस्तै प्राय हुन्छ तर निर्जिवन बीमा त्यस्तो हुन सकेन । निर्जिवन बीमामा अभिकर्ताको आकर्षण नै देखिँदैन कारण के भने यस बीमामा बीमित सम्पत्तिको शीर्षक अनुसारको कमिशन तोकिनु, कुनै शीर्षकमा नदिनु र बीमकको कर्मचारी आफैं बजारमा जानु प्रमुख कारण हुन् र बीमाको कर्मचारीले अभिकर्ताल पाउने कमिशन छूट गराई त्यसमा पनि दर रेटमा घटाई व्यापार गर्नु ठूलो चुनौती हो । यसको विकृति रोक्न बीमा पुल बन्यो, बीमक संघ छ तर विकृति यथावत छ ।

नौ वटा नयाँ बीमक स्वीकृति पाउने आशामा
नेपालमा जीवन बीमा कम्पनी १९, निर्जिवन बीमा २०, पुनर्बीमा १ सहित ४० वटा बीमकहरु छन् र हाल ४ वटा पुनर्बिमा, २ वटा निर्जिवन बीमा र ३ वटा जीवन बीमा कम्पनी दर्ताको दौडधूप चलिरहेको छ । यी सबैलाई बीमा समितिले सिफारिश गरेमा अर्थ मन्त्रालयले स्वीकृति दिने हो । यसमध्येका धेरै बीमकको हल्लीचल्ली बजारमा भइसक्यो । जबकि पुनर्बीमाको लागि त गठित अध्ययन टोली प्रमुख बीमा विज्ञ भोजराज शर्मा नेतृत्वको टोलीले प्रतिवेदन बुझाइसक्यो अब निश्कर्ष आउला । त्यस बाहेक तीन वटा जीवन र दुईवटा निर्जिवन बीमा कम्पनी खोल्नका लागि ताकेता यथावत छ । यी सबै बीकमका संस्थापक भने ठूला घराना नै रहेका छन् ।

चुनौती के छ ?
अघिल्लो शीर्षकमा यसबारे लेखे पनि अब बीमक थपिए भने बीमा बजारमा चुनौती नसोचेकै रुपमा थपिन्छ । बीमकले उत्पादनको प्रचार गर्दा भ्रम सिर्जना हुनसक्छ आम मानिसलाई थाहा नहुन सक्छ किनकि धेरै जीवन बीमालेख फेल हुँदैछन् । एकल/दम्पत्ति, नयाँ बीमकको पूर्व घोषित बोनसदर लगायतका बीमालेख समस्याग्रत भइसके । बीमकहरुको चुनौती धेरै हुँदाहुँदै थप बीमा थप्दा चुनौती निश्चित प्राय छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार