free website hit counter

बीमा व्यवसायमा अभिकर्ताको सान्दर्भिकता

beemaadmin
२०८० चैत्र १६, शुक्रबार

बीमक आफैं स्थापित भैसकेको हुन्छ । त्यसलाई बढोत्तरी गर्ने भनेकै अभिकर्ताले हो । बीमकका उत्पादनहरु बिक्री वितरण गरेर व्यवसाय बढाउने प्रमुख दायित्व बीमा अभिकर्ताको नै हुन्छ किनकि अभिकर्ताहरु बीमितको घर दैलोमा गई आफ्नो बीमकको उत्पादनलाई प्रोत्साहन दिई धेरैलाई बीमित गराईरहेका छन् । जहाँ अभिकर्ता हुँदैन त्यहाँ बीमकको औचित्य पनि देखिँदैन । किनकि आजसम्म पनि आफ्नो जीवन र सम्पत्तिको बीमा गर्न नितान्त आवश्यक छ भन्ने महसुस आम नागरिकमा छैन त्यो महसुस गराउने बीमा अभिकर्ताले हो ।

 

अभिकर्ताको पारिश्रमिक
नेपालको सन्दर्भमा बीमा बजारको विस्तार गर्न अझै धेरै बाँकी छ । झण्डै ५५ प्रतिशत नागरिक बीमाको पहुँच भन्दा बाहिर नै रहेका छन् । त्यसो हुँदा हुँदै दक्षिण एसियाकै सबभन्दा कम आम्दानी प्रशितको हिसावले पाउनेमा नेपाल पर्दछ । आफ्नो पहिचान, पेशालाई छाडेर दिन रात बीमालेख बिक्रीमा सक्रिय अभिकर्ताहरुलाई आवश्यकता अनुसारको आम्दानी हुनु जरुरी छ । कुन बीमकको प्रथम बीमा शुल्क कम भयो र कुन बीमकले नविकरण शुल्कमा कम आयो तथा समर्पणमा गयो भन्नेमा अभिकर्ता दोषी हुँदैनन् । त्यसमा बीमकले पनि आफ्नो सिर्जनात्मकता प्रदर्शन गर्न सक्नु पर्दछ ।
जीवन बीमा अभिकर्ताहरुलाई एमडीआरटी, सीओटी, टीओटी क्लबमा प्रवेश गर्दैमा उनीहरु सैद्धान्तिक रुपमा सफल हुन् भन्न मिल्दैन किनकि कतिपय बीमाको व्यापार आफ्नो साथी सर्कलबाट हुने भएकाले हाइ प्रोफाइल व्यक्ति, संस्थाको सम्पर्कमा भएकाहरुले ठूलो व्यापार गरी ठूला क्लबमा पुग्न सक्छन् । त्यत्तिकैमा विज्ञ र कुशल अभिकर्ता भन्न सकिँदैन । किनकि क्षणिक आम्दानी होला तर बीमित र बीमकको हितमा व्यापार छ कि छैन भन्ने बुझ्न जरुरी छ । त्यो भनेको दीर्घकालीन रुपमा देखिन असर हो ।

 

अभिकर्ताको क्षमता जाँच्ने कसि के ?
सफल अभिकर्ता हो कि होइन, बीमा सम्बन्धी प्रशस्त जानकारी छ कि छैन, बीमा योग्य हित पहिचान गर्न सक्छ कि सक्दैन, आफ्नो बीमितको बीमालेख नियमित भएको छ कि छैन, बीमालेखको संख्या कति समर्पण भयो, कति बीमालेख चुक्ता बीमालेखका परिणत भयो भन्ने आदि तथ्यांकले मात्र बीमा अभिकर्ताको क्षमता निर्धारण गर्न सकिन्छ । व्यापारलाई मात्रै मापदण्डको कसी बनाउन हुँदैन ।

 

बीमकको अभिकर्ताप्रतिको दायित्व के ?
जीवन बीमा अभिकर्ताहरुले धेरै मेहनतका साथ बीमा व्यवसायमा उत्साह ल्याएका छन्, त्यसको फलस्वरुप थप आम्दानी, उत्पे्रेरणा रकम, सम्मान पनि पाइरहेका छन् तर पनि बीमकले समय समयमा पुनर्ताजगी तालिम दिइ रहनु पर्दछ र नयाँ नयाँ बीमालेख बजारमा ल्याउनु पर्दछ । त्यसका अलावा इन्सेन्टिभ दिँदा डायरी, कलम, व्यागको साथसाथै बीमा सम्बन्धी ज्ञानवद्र्धक पाठ्य सामग्री पनि राख्न जरुरी छ, जसले बीमा व्यवसाय विस्तार गर्न सहयोग पुग्ने निश्चित छ । कुनै बखत बीमा सम्बन्धी पाठ्य सामग्री नै उपलब्ध थिएनन् भने हाल धेरै ज्ञानवद्र्धक पाठ्यसामग्री बजारमा उपलब्ध छन् । यी विविध कारणले गर्दा बीमा बजार विस्तार हुँदा हँदै बीमालेखको गलत बिक्री कायमै छ ।

 

निर्जिवन बीमामा झन् धेरै समस्या
नेपालमा निर्जिवन बीमा अभिकर्तामुखी बन्नै सकेन । नियामक निकायको निर्देशन अनुसार प्रत्येक प्रदेशमा बीमकको उपस्थिति छ तर व्यापार आफ्नै कम्पनीको बजार प्रतिनिधिले गर्दछन् तर फरक के छ भने अभिकर्ताले बीमा गराएमा घर, गाडी, सम्पत्ति आदिको ५ प्रतिशत कमिशन पाउँछन् त्यै पनि निश्चित शीर्षकमा मात्र भने आफ्नै बजार प्रतिनिधिले बीमा गराउँदा कर्पोरेशन छूट भनेर १० प्रतिशत दिन्छन् भने बीमा अभिकर्ताले निर्जिवन बीमा किन गराउने ? यो अन्तर्राष्ट्रिय अभ्यास र समय सापेक्ष रुपमा हुनै सक्दैन ।

 

निर्जिवन बीमाको असर जीवन बीमामा
बीमा त गरेकै हो तर दाबी भुक्तानी पाइएन, यस्ता गुनासाहरु धेरै बीमितबाट पाएको छु । बीमा गरेर पनि नविकरण गरेको हुँदैन, घर गाडी, सम्पत्ति, मेशिन तेस्रो पक्ष, कृषि आदि । कारण के हो भने बीमकले बजार प्रतिनिधिले बीमा गरेको हुन्छ तर उसले फलोअप गर्न सक्दैन कि त नोकरी नै छाडेर गएको हुन्छ । जब बीमालेख नविकरण हुँदैन तब दाबी भुक्तानी पनि पाउँदैन र बजारमा हल्ला फिजाउँछ ।

 

नियामक निकायलाई अनुरोध
जीवन बीमा व्यवासायमा पनि छिटफुट समस्या देखिएका छन् । जसमा बाल बालिकाको बीमालेख पटक पटक फेर बदल हुनु, व्यवासय कम भई बोनसदर घट्नु जसले गर्दा अभिकर्ता आन्दोलित हुनु, जीवन बीमालेख बिक्री बापतको फाइदा नेटवर्किङ तरिकाले बाँडिनु, बीमकको सञ्चालक र कार्यकारी अधिकृतहरुले आफू अनुकुल बजेट विनियोजन गर्नु आदि । यस्ता समस्याहरुलाई नियामक निकायले सम्हाल्दै बाहिर छरपस्ट पार्न दिनु हुन्न, त्यसको लागि नियामक निकाय सक्षम हुनुपर्दछ नभए सरोकारवालाहरुसँग छलफल गरेर निकास निकाल्न जरुरी छ । प्रसंग निर्जिवन बीमा व्यवसाय किन अभिकर्ता मुखी नबनाउने ? किन कर्पोरेट छूट दिने ? भन्ने विषयमा केन्द्रीत हुँदैछु । यसलाई अभिकर्तामुखी किन नबनाउने ? यदि सक्रिय अभिकर्ता नभएका भए हालसम्म यत्तिका बीमक कसरी स्थापित भए ?

 

निर्जिवन बीमक झन् पीडित
नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गत पर्ने नेपाल बीमा प्राधिकरणले हालको दिनमा राम्रो काम गरेको छ । त्यो राम्रो काम भनेको सर्कुलर जरी गर्ने, बीमकहरुलाई प्रदेश तोक्ने जसमा कृषि, पशुपंक्षी, जडिबुटी, नगदेबाली आदि । यस अन्तर्गत नेपाल सरकारले बीमाशुल्कको ८० प्रतिशत अनुदान दिन्छ भने कृषकले २० पतिशत मात्र बीमा शुल्क तिर्दछ तर हालसम्म धेरै निर्जिवन बीमाको आुदान रकम निश्कासन नहुँदा बीमकहरुले उक्त बीमाको बन्देज नै लगाइदिए । कारण के भने नेपाल सरकारले करोडौंं तिर्नु छ । बीमकलाई समस्या के भने २० प्रतिशत बीमा शुल्कले १०० प्रतिशत दाबी भुक्तानी तिर्नै पर्दछ ।

सम्बन्धित समाचार