free website hit counter

बीमा व्यवसायमा देखिएका विसंगति

beemaadmin
२०७८ पुष १२, सोमबार
  • नुरराज कँडेल

बीमा व्यवसाय त्रिकोणीय रुपमा फाइदाजनक व्यवसाय हो र यसलाई पाँच कारणबाट फाइदा योग्य भन्न मिल्दछ । यसरी फाइदा लिनेहरुमा बीमित, अभिकर्ता, बीमकका कर्मचारी, बीमक वा लगानीकर्ता र पहिलो र दोस्रा बजारमा कारोबार गर्ने शेयर होल्डर वा पुनः लगानीकर्ताहरु पर्दछन् । प्रायः व्यवसायमा क्रेता र बिक्रेताबीच मोलमोलाई गरी वस्तु (उत्पादन) को बिक्री गरेर नाफा कमाईन्छ र एक दुई जनालाई फाइदा हुन्छ । तर बीमा बजारमा उत्पादनको बिक्री गर्दा सर्वपक्षीय फाइदा, नाफा निश्चित प्राय हुन्छ । यो कसरी सम्भव हुन्छ भने बीमालेख बिक्रेताले बिक्री गरी जोखिम हस्तान्तरण गर्दछ । बीमकले अर्थोपार्जन गर्छ अभिकर्ताले कमिशन पाउँछ, बीमिले जोखिमको हिस्सा बीमकलाई सारेर ढुक्क हुन्छ र कम्पनीको आर्थिक अवस्था हेरेर शेयर लगानीकर्ताहरुले लगानी गर्दछन् । आजसम्म बीमा बजारको प्राक्टिस यही देखिन्छ । जीवन बीमा कम्पनीले आफैं व्यापार गर्दैन । बीमकले अभिकर्ताको माध्यमले बीमा बजार विस्तार गरिरहेको हुन्छ । प्रायः बीमितले बीमकको नभई अभिकर्ताको विश्वासमा विमित भएका हुन्छन् वा बीमा गरेका हुन्छन् । यो नेपालमा बीमा कम्पनी स्थापना भएदेखि आजसम्मको प्रयोगात्मक पक्ष हो ।

कस्तो हुनुपर्ला अभिकर्ता ?
निश्चय नै अभिकर्ता बीमालेखको विक्रय कला भएको हुनुपर्दछ र सम्बन्धित बीमकको बीमालेखको पूर्ण ज्ञान भएको हुनुपर्दछ । कुनै ग्राहकले अन्य बीमा कम्पनीको सुविधा यस्तो छ नि, उस्तो छ कि भनि प्रश्न गर्दा सहज रुपमा सकारात्मक उत्तर दिनसक्ने हुनु पर्दछ ।

कसरी उत्पादन हुन्छ अभिकर्ता ?
बीमा सम्बन्धी जनजागरण अभियान गर्नु पर्ने बीमा समितिले आफ्नो कर्तव्य बीमकलाई पन्छाईदिएको छ र बीमकले झारा टारेर र सिघ्र बीमाशुल्क आर्जन गर्नलाई १–२ घण्टा भर्चुअल तालिम दिएर अभिकर्ताको इजाजत कोड दिन्छन् र इजाजत पत्र बीमा समितिले दिन्छ ।

अभिकर्ताका लागि तालिमको व्यवस्था
बीमा अभिकर्तालाई कम्तिमा २१ घण्टाको तालिम दिइनु जरुरी हुन्छ । त्यसभित्र बीमा सम्बन्धी सामान्य जानकारी, बजार व्यस्थापन, विविध चर्चित बीमालेखहरु र अन्तर्राष्ट्रिय अभ्यास र इतिहास प्रशिक्षणमा प्रस्तुत गर्ने गर्दछ ।

बीमक र अभिकर्ता उत्पादनका विसंगतिहरु
विसं ०६० को दशकमा बीमा समिति निकै सक्रिय थियो र आफ्नै नेतृत्वले जीवन र निर्जिवन बीमा सम्बन्धी तालम एक हप्तासम्म चलाउथ्यो र अभिकर्ताहरु बीमा बजारमा जान योग्य बन्दथे । तर हाल आएर अभिकर्ता तालिम बीमकलाई नै जिम्मा दिइँदा विकृति बढी नै देखिएको छ । जसमा बीमकले बीमाशुल्क आर्जन र व्यवसाय देखाउनलाई अन्धाधुन्द अभिकर्ता चयन गर्न थाले । कोभिड १९ को बेलामा भर्चुअल भैरहेको थियो भने हाल आएर पनि यो चलन चलिनै रहेको छ ।

१–२ घण्टाको तालिम दिएर अभिकर्ताको इजाजत बाँड्दा अभिकर्ताले बीमा सम्बन्धी पूर्ण ज्ञान हासिल गर्न सक्दैन । यस्तो अभिकर्ताले न आफ्नो बीमा गर्न सक्दछ न त अरुको । बाघको शिकार गर्न जाँदा बारुद भरेको बन्दुक चाहिन्छ गुलेली बोकेर शिकार गर्न सकिँदैन । जबकि मार्केटिङ बजारमा ८० प्रतिशत सम्बन्धित कुराको जानकारी र २० प्रतिशत प्राक्टिस चाहिन्छ तर यहाँ २० प्रतिशत पनि जानकारी भएको पाइँदैन । अर्को अभिकर्ता त्यो सर्कलमा बीमा गराउन गएमा आफैं वा आफन्त अभिकर्ता भएको बताइदिन्छन् तर बीमा गरेको पनि हुँदैनन् गराउदैनन् पनि । यसरी कर लगाएर अभिकर्ता उत्पादन गर्दा बमिा बजार विस्तार हुनुको सट्टा खुम्चिने निश्चित छ । इच्छाशक्ति भएको जागरुक व्यक्तिर्ला पूर्ण तालिम दिएर इजाजत बाँडेमा यस विकृति हटेर जाने निश्चित छ । यस विषयमा सरोकारवालाहरको ध्यान आकर्षण होस् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार