free website hit counter

बीमा व्यवसायलाई मर्यादित बनाउन अध्यक्ष सिलवालको निर्देशन

beemaadmin
२०७७ चैत्र १२, बिहीबार

काठमाडौं । नियामक निकाय बीमा समितिको जिम्मेवारी सम्हालेदेखिनै त्यहाँभित्रका विकृतिको अन्त्यका लागि अध्ययन अनुसन्धान थालिरहेका अध्यक्ष सूर्यप्रसाद सिलवालले सम्पुर्ण जीवन बीमा कम्पनीका सिइओलाई बोलाएर नियमभन्दा बाहिर गएर व्यापार व्यवसाय नगर्न निर्देशन दिएका छन् ।

सिलवालले सिइओहरुलाई समितिमै बोलाएर छलफल आयोजना गर्दै यस्तो निर्देशन दिएका हुन् । बीमा क्षेत्रमा के के गर्नु पर्ने हो भन्दै सुझाव माग गर्दै थालिएको छलफलको निश्कर्षमा अध्यक्ष सिलवालाले नियम कानुनभन्दा बाहिर नजान निर्देशन दिनुभएको हो । बीमा बजारलाई कसरी मर्यादित र सहज बनाउन सकिन्छ भन्दै खटिएका सिलवालले यसअघि पनि थुप्रै पटक यस्ता औपचारिक अनौपचारिक छलफल गरिरहनुभएको छ ।

Advertisement
Advertisement

नियामक निकाय बीमा समितिले पछिल्लो समय बीमा कम्पनीहरुसँग तथ्याङ्क माग गर्दै अभिकर्ताहरुलाई प्रदान गर्ने कर्जा तथा उनिहरुले पाउने सुविधाका विषयमा समेत चासो देखाएको छ । प्रमुख कार्यकारी अधिकृतहरुले एक्चुरी मूल्याङ्कनका क्रममा असहज भैरहेको भन्दै गुनासो गरेका थिए । उनिहरुले एक्चुरी मूल्याङ्कनका क्रममा बीमा बजारमै प्रभाव परिरहेको र यस विषयमा संवोधन गरिदिन उनिहरुले समितिसँग अनुरोध गरेका थिए ।

Advertisement
Advertisement

नयाँ बीमा योजनाहरु कसरी ल्याउन सकिन्छ र कसरी मिलेर जान सकिन्छ भन्दै छलफल भएको छ । नेपाली बजारमा सुहाउदो बीमा योजना ल्याउनका लागि बीमा समिति र कम्पनीहरु मिलेर जानु पर्ने उनिहरुले तर्क गरेका छन् । लगानीका क्षेत्रहरुलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर समितिले सिइओहरुसँग सुझाव माग गरेको थियो । समितिले लगानी निर्देशिका अनुसार लगानी नभएको भन्दै गुनासो गर्दै आएको छ । लगानीका क्षेत्रहरु थप विस्तार गर्नका लागि के के गर्ने भन्ने विषयमा पनि लामै छलफल भएको बताइन्छ । बुधबारबाट शुरु भएको छलफल शुक्रबारका लागि पनि तय गरेको छ ।

भविष्यमा बीमा क्षेत्रलाई पनि बैंकिङ क्षेत्र जस्तै कसरी मर्यादित बनाउन सकिन्छ भनेर छलफल भएको थियो । बीमा क्षेत्र अव्यवस्थित भएको भन्दै समितिले सिइओहरुसँग चासो राखेको थियो । यसै क्रममा अभिकर्तालाई प्रदान गरिने लाइसेन्स कसरी वितरण गर्ने साथै कसरी व्यवस्थित गर्न सकिन्छ भनेर बहस भएको बताइन्छ ।

सम्बन्धित समाचार