free website hit counter

बीमा समिति अध्यक्षका लागि यिनले भिडाउँदैछन् राजनीतिक पहुँच

beemaadmin
२०७७ मंसिर १८, बिहीबार

काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिमा एक महिनापछि अध्यक्ष पद खाली हुँदैछ । निकै आकर्षक मानिएको सो पदका लागि प्रतिस्पर्धीको ताँती नै लागेको छ । राजनीतिक पहुँच भिडाउनेहरुलाई भन्दा बीमा क्षेत्रकै विज्ञलाई सो पदको जिम्मेवारी दिएको खण्डमा बीमा क्षेत्रको विकास हुने सरोकारवालाहरुको दाबी छ ।

समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंको कार्यकाल यही पुस १४ गते सकिँदै छ । माओवादी निकट मानिएका चापागाईं पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र कृष्णबहादुर महरा अर्थमन्त्री भएको बेला अध्यक्ष बनेका थिए ।
चापागाईको बिदाईसँगै समितिको नेतृत्व सम्हाल्न चाहनेहरुको ताँती नै देखिएको छ ।

समितिका हालका अध्यक्ष चिरञ्जिवी चापागाईं फेरि पनि अध्यक्ष हुने दौडमा छन् । अहिले पनि उनी सत्ता निकट नै भएका कारण नेकपा अध्यक्ष  प्रचण्ड उनको पक्षमा भएका कारण उनले यस्तो रहर गरेर दौडधूप शुरु गरिसकेका छन् ।

राष्ट्र बैङ्कको गर्भनरको दौडमा पछाडि परेका नेपाल राष्ट्र बैङ्कका डेप्युटी गर्भनर चिन्तामणि शिवाकोटीले पनि बीमा समितिको अध्यक्ष पदमा आँखा गाडेका छन् । प्रधानमन्त्री केपी ओली निकट मानिने शिवाकोटी बिलया दाबेदार मानिएका छन् । प्रधानमन्त्रीनिकट भएकाले गभर्नरको पद नपाएका शिवाकोटीले समितिको अध्यक्ष पाउन सक्ने सम्भावना देखिएको छ ।

यस्तै दौडमा रहेका अर्का पात्र हुन् कृषि विकास बैङ्कका अध्यक्ष लक्ष्मी प्रपन्न निरौला । यसअघि समितिको अध्यक्षको दौडमा रहेका डा. रवीन्द्र घिमिरेले पनि दौड जारी राखेका छन् । डा घिमिरे पोखरा विश्वविद्यालयका एशोसिएट प्रोफेसर हुन् ।

नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष महेश गुरागाईंको नाम पनि यो दौडमा अगाडि नै आउने गरेको छ । उनी पर्यटनमन्त्री योगेश भट्टराई निकट मानिन्छन् । कर्मचारी सञ्चयकोषका पूर्व प्रशासक कृष्णप्रसाद आचार्य पनि समितिको अध्यक्षको लबिङमा रहेको चर्चा छ । यसैगरी नेपाल पुनर्बीमा कम्पनीका संस्थापक सिइओसमेत भइसकेका रमेश लम्साल पनि अध्यक्षका आकांक्षी रहेका छन् ।

यसैगरी राष्ट्रिय बीमा संस्थानका अध्यक्ष गङ्गाराम कँडेल, नेपाल स्टक एक्सचेन्जका पूर्व अध्यक्ष टंक पनेरु, बीमा कम्पनीको कार्यकारी निर्देशकबाट नियुक्त पाएका श्रीमान् कार्की, बिजय शाहलगायतको नाम पनि अहिले चर्चामा रहेको छ । अर्थमन्त्रीको प्रस्तावमा मन्त्रिपरिषद्ले समितिको अध्यक्ष नियुक्त गर्ने कानुनी प्रावधान रहेको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य घट्यो

beemaadmin
२०८१ मंसिर १३, बिहीबार