free website hit counter

बीमितको घरैमा पुगेर युनियन लाइफद्वारा ५२ लाख ८० हजार मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७८ जेष्ठ २५, मंगलवार

काठमाडौं । बेलैमा जीवन बीमा गरे जीवन नरहे पनि जीवन बाँच्ने आश्रित परिवारको सहारा बन्नसक्छ । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितको निधनपछि ५२ लाख ८० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । मृतकको घरैमा पुगेर कम्पनीका गण्डकी प्रदेश प्रमुख टुल्कनाथ आचार्य, उपप्रमुख गणेश धमला लगायतको टोलीले मृतक बीमित पोखरा–१५ का देवराज न्यौपानेको घरमा पुगी सो रकम हस्तान्तरण गरेको हो । पोखरा नेटका सञ्चालकसमेत रहेका न्यौपानेले १५ महिना अगाडि ५० लाख रुपैयाको जीवन बीमा गरेका थिए । उनले किस्ताबापत करिव ३ लाख ६० हजार रुपैया जम्मा गरेका थिए । न्यौपानेको गत चैत्र ३१ गते निधन भएको थियो । न्यौपानेकी श्रीमती शोभा तिम्लसेना न्यौपानेलाई कम्पनीका प्रतिनीधिहरुले ५२ लाख ८० हजार रुपैयाको चेक हस्तान्तरण गरेकोमा श्रीमती न्यौपानेले बीमा गरे पनि बीमा कम्पनीले यति सजिलै बीमा दाबी भुक्तानी गर्छन् भन्ने विश्वास नरहेको बताएकी थिइन् ।

सम्बन्धित समाचार

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

सेबोनको कारबाहीमा परे तीन ब्रोकर

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार