दाबी भुक्तानी भनेको बीमकले बीमितलाई दिनुपर्ने बक्यौता रकम हो । आवश्यक कागजात पुगेपछि बीमकले बीमितलाई सो रकम भुक्तान गर्ने गर्दछन् । बक्यौता भनेको बीमा गरेको व्यक्तिले पाउनुपर्ने रकम भुक्तान नभई पेन्डिङमा बसेको अवस्था हो । यस शीर्षक अन्तर्गत बीमकले बीमिततर्फ रकम भुक्तान नगरेको बुझिन्छ । तर यो बुझाई गलत हो । जीवन बीमा अभिकर्ताले कनि कुथि धेरै प्रयासपछि बीमालेख बिक्री गर्दछन् । तर बीमितलाई बीमा लेखको शर्तनामा नै थाहा हुँदैन । जबकि बीमालेख जारी गरिँदा नै कतिपय शर्तनामाहरु सहित बीमालेख बीमितलाई हस्तान्तरण गरिन्छ, तर त्यो करारनामा बीमितले पढेकै हुँदैन । अर्कोतर्फ बीमा अभिकर्ताले कुन बीमा योजना बिक्री गरे र त्यसको जानकारी बीमितलाई दिएको छ कि छैन ? भन्ने प्रश्न उठ्छ । त्यही समस्या समग्र बीमा व्यवसायलाई, अभिकर्ता र सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्न जरुरी छ ।
दाबी भुक्तानी भनेको के हो ? कति प्रकारका हुन्छन् ?
जीवन बीमा क्षेत्रमा दाबी भुक्तानी भनेको बीमालेख परिपक्व हुनुपर्ने, दुर्घटना वा घातक रोग लोको हुनुर्ने र वैदेशिक रोजगार बीमा भएका दाबियोग्य घटना हुनुपर्दछ ।
आंशिक रुपमा आउने भुक्तानी
जीवन बीमा व्यवसायमा कतिपय बीमकले वार्षिक दुई वार्षिक वा विविध रुपमा बीमितलाई बीमाङ्क रकमको केही हिस्सा रकम उपलब्ध गराउँदछन् । भने उक्त कुरा बीमितलाई थाहा नहुन पनि सक्छ ।
परिवारलाई बीमालेखबारे थाहा नहुनु
कुनै व्यक्तिले बीमा गरेको परिवारलाई थाहा दिई बीमा लेख नं. दिनुपर्छ ताकी भवितव्य पर्दा बीमालेखअन्तर्गत दाबी भुक्तानी लिन पाइयोस् ।
कतिपय बीमितलाई बीमा अवधि सकिएपछि मात्रै पैसा पाइन्छ भन्ने गलत बुझाई छ तर यथार्थमा दुई वर्षको बीमाशल्क बुझाएपछि बीमा शुल्क नबुझाए पनि त्यो बीमालेख चुक्ता बीमालेखमा परिणत भई बीमा समाप्तिमा उक्त शुल्क र उक्त अवधिको मुनाफासहित बीमकले फिर्ता गर्दछ ।
बीमित अभिकर्तासँग टाढिने प्रक्रिया
बीमा गर्ने व्यक्तिको आर्थिक हैसियत समय अनुसार फेरबदल भई कमजोर पनि हुन सक्दछ । यो प्राय मानिसको सामान्य प्रक्रिया हो । बीमालेख लामो अवधिको हुन्छ । त्यसै अवधिभित्र आर्थिक रुपमा बीमित कमजोर भएमा बीमक र बीमा अभिकर्तासँग बीीमत टाढिन खोज्दछन् । बीमा अभिकर्ताको फोन रिसिभ नगर्ने, बीमकको म्यासेज बेवास्ता गर्ने आदि । यस्तो प्रक्रियाले बीमक र अभिकर्ता बीमितको पहुँचमा पुग्न नसक्दा कतिपय दाबीयोग्य रकम बीमितलाई उपलब्ध गराउन नै बीमकलाई समस्या हुन्छ । जबकि बीमिलते कतिपय आंशिक रकम पाउने पर्ने हुँदाहुँदै बीमितले भुक्तानी नपाई फ्रिज हुन्छ । यस्ता धेरै प्रकारका समस्याको समाधान बीमा अभिकर्ताले गर्दछन् र निरन्तर सम्पर्क गरेर आफ्नो समस्या बताउनुपर्छ ।
चुक्ता दाबी भुक्तानी
कतिपय बीमितहरु करकाप, आफन्त र इज्जतको कारणलेआफन्तको कुरा नकार्न नसकेर बीमा गराउँछन् । जबकि बीमितको आर्थिक हैसियत भन्दा बढीको बीमालेख खरिद गर्दछन् । कालान्तरमा २÷३ वर्षको बीमाशुल्क बुझाएपछि फेरि नियमित बीमाशुल्क बुझाउन सक्दैनन् । र अभिकर्तासँग टाढिन्छन् । कारण बीमा शुल्क बुझाउन नसक्नु हो तर बीमितको पैसा खेर गएको हुँदैन तर उनीहरुले माया मारेका हुन्छन् । तर बीमितले यसको मूल्य र नियम अनुसारको आर्जित मुनाफा बीमा समाप्तिमा पाउँछन् ।
– कतिपय बीमालेख परिपक्व भएपछि बीमितको मृत्युपछि परिवारलाई बीमालेखबारेमा थाहा नभई उक्त रकम फ्रिज भएर बस्छ ।
– महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा २०८१ अनुसार करिब एक अर्ब २० करोड रुपैयाँ दाबी भुक्तानी नभई बीमकसँगै सुरक्षित छ ।
समाधान के होला ?
प्रत्येक बीमितलाई जानकारी गराउनु, आफ्नो वेबसाइटमा वीवरण राख्नु र सञ्चारमाध्यममा दाबी भुक्तानी पलिन आउनु भन्ने सूचना र सम्पूर्ण विवरण उल्लेख गर्नु उपयुक्त उपाय हुन सक्छ ।
समस्या के थियो ?
– पलायन भएका अभिकर्ता मार्फत् बिक्री भएका बीमालेख निगरानी राख्नु ।
– बीमितको बसाई सराईको अध्यावधि नगर्नु । अभिकर्तालाई चुस्त दुरुस्त पार्न नसक्नु आदि ।