free website hit counter

बुधबार सस्तियो सुन

beemaadmin
२०८० भाद्र २७, बुधबार

काठमाडौं । सुनचाँदीको भाउ बुधबार सस्तिएको छ । भदौ २७ गते, सुन तोलामा ८०० रुपैयाँले गिरावट भएको हो । चाँदी पनि यस दिन तोलामा १५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार २०० रुपैयाँमा झरेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार भने सुनको भाउ स्थिर रहेको थियो । हिजो सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ कायम रहेको थियो । आज चाँदीको मूल्य ओरालो लागेको छ । बुधबार चाँदी तोलामा १५ रुपैयाँले घट्दा प्रतितोला एक हजार ३९० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन, चाँदी महंगिएको थियो । हिजो चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार ४०५ रुपैयाँमा किनबेच भएको थियो ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार