free website hit counter

बैंकको ब्याजमै व्यवसाय नगर्न अध्यक्ष चापागाँईको निर्देशन

beemaadmin
२०७६ मंसिर ३, मंगलवार

काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बैंकको ब्याजकै भरमा मात्रै बीमा कम्पनीले अधिक मुनाफा दिन नसकिने भन्दै लगानी विविधिकरण गर्न आग्रह गरेका हुन् । सबै बीमा कम्पनीहरुलाई पूर्वाधारलगायतका क्षेत्रमा लगानी गर्न अध्यक्ष चापागाईँले आग्रह गरेका हुन् ।

काठमाडौंमा सुरु भएको बैंकिङ् एक्स्पोमा आयोजित छलफल कार्यक्रममा समितिका अध्यक्ष चापागाँईले तत्काल बीमा कम्पनीले पूर्वधारमा लगानी गनुपर्ने बेला आएको बताएका हुन् । बीमा समितिले लगानी निर्देशिका जारी गरेको र त्यसमा बीमा कम्पनीले बैंकको ऋणपत्रमा लगानी गर्नसक्ने व्यवस्था गरेको पनि जानकारी गराए । बीमा कम्पनीहरुको कारोबारमा समेत वृद्धि हुदै गईरहेको अध्यक्ष चापागाईले बताए ।

अहिले बीमा कम्पनीहरुले बैंकमा पैसा राख्ने गरेको र त्यो पैसा अन्य प्राथमिकता प्राप्त क्षेत्रमा लगानी नगरेको खण्डमा बीमा कम्पनीहरु नै फ्लप हुने धारणा राखे । अध्यक्ष चापागाईले बीमाको पहुँच २६ प्रतिशतमा पुगेको उल्लेख गर्दै केही बीमा कम्पनीहरुले अप्ठेरो अवस्थाको सामना गर्नुपर्ने अवस्था आउन सक्ने बताए । अध्यक्ष चापागाईले सरल मर्जरको नीति अघि सारेको उल्लेख गर्दै साईबर बीमाको क्षेत्रमा पनि बीमा बजार विस्तार गर्नुपर्नेमा जोड दिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार