free website hit counter

बैंक अफ काठमाण्डूको नाफा ८८ करोड

beemaadmin
२०७६ माघ २९, बुधबार

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंक अफ काठमाण्डूले ८८ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४ करोड ६२ लाख रुपयाँ अर्थात १९।८३ प्रतिशतले धेरै हो। बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा सामान्य सुधार भएसँगै खुद नाफा सोही दरमा बढेको हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ७३ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

बैंकको निक्षेप संकलन तथा कर्जा परिचालनमा सामान्य वृद्धि भएको छ। पुस मसान्तसम्ममा ८९ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ७६ अर्ब ८९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिना अवधिसम्ममा बैंकले एक अर्ब ९३ करोड २७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको १६ करोड ३६ लाख रुपैयाँ अर्थात ९.२५ प्रतिशत धेरै हो। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा २१ करोड २८ लाख रुपैयाँ बढेर एक अर्ब २६ करोड १५ लाख रुपैयाँ पुगेको छ।

चुक्ता पूँजी ८ अर्ब ५४ करोड ६८ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ५१ करोड २७ लाख रुपैयाँ र शेयरधनी कोषमा ६० करोड २४ लाख रुपैयाँ सञ्चित रहेको छ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार