free website hit counter

ब्युँतियो पल शाहविरुद्धको बलात्कार मुद्दा

beemaadmin
२०८० मंसिर ३०, शनिबार

काठमाडौं । नाबालिग बलात्कार प्रकरणमा उच्च अदालत पोखराबाट सफाइ पाएका अभिनेता पल शाह विरुद्धको मुद्दा ब्युँतिएको छ। उच्च अदालत पोखराले गरेको फैसला त्रुटिपूर्ण देखिएको दाबी गरी महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनमा सर्वोच्च अदालतले सुनुवाइ गर्दै अभिनेता पलविरुद्धको मुद्दा दोहोर्‍याएर हेर्ने अनुमति दिएको हो। उच्च अदालत पोखराका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले २०७९।११।४ गते बलात्कार मुद्दामा पल शाहलाई सफाइ दिएको थियो। उक्त फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा मुद्दा दोहोर्‍याएर हेरी पाउँ भनी निवेदन दिएको थियो। उक्त निवेदनमा यही मंसिर २२ गते सुनुवाइ गर्दै न्यायाधीश सुष्मालता माथेमा र हरि फुयाँलको संयुक्त इजलासले उच्च अदालतको फैसला दोहोर्‍याएर हेर्न अनुमति दिएको हो। सर्वोच्चको आदेशमा भनिएको छ( यसमा पीडित नाबालक रहेको देखिएकोले पीडितको बकपत्र र प्रतिवादीको बयान तथा शारीरिक परिक्षण प्रतिवेदन तथा चिकित्सकको बकपत्र, पीडित र प्रतिवादीबीचको अडिओ रेकर्ड र त्यसको प्रतिवादीबाट अदालतको बयानको स।ज। ११ मा गरेको स्वीकारोक्तिसमेतका प्रमाणको समुचित मूल्यांकन नगरी भएको उच्च अदालत पोखराको मिति २०७९।११।४ को फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (१) र (२) को व्याख्यात्मक त्रुटि र नेकाप २०७५ अंक ११ निनं १०१३२ समेतमा प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल भई न्याय प्रशासन ऐन, २०७४ को दफा १२ (१) को खण्ड (क) र ९ख० को अवस्था विद्यमान देखिंदा प्रस्तुत मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्रदान गरिएको छ। नियमानुसार पेस गर्नू।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार