free website hit counter

भदौं २४ सम्म बढ्यो निषेधाज्ञा, निर्माण क्षेत्रमै मजदुर राखेर काम गर्न पाइने (गर्न पाइने र नपाइने कामकाे सूचि)

beemaadmin
२०७७ भाद्र १७, बुधबार

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञाको अवधि बढाएका छन् । गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन सिडिओको वैठकले भदौ २४ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो । भदौं १० गते एक हप्ताका लागि थप गरेको निषेधाज्ञा आज राति १२ बजेबाट सकिँदैछ ।

भदौं १७ गतेदेखि लागू हुने निषेधाज्ञामा केही सेवालाई सञ्चालनका लागि छुट दिइएको ललितपुर जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।

यसैगरी खाद्यान्न लगायतका अत्यावश्यकीय सामान खरिदका लागि विहान ११ बजेसम्म खुला गर्ने निर्णय भएको छ । यसअघि बिहान ९ बजेसम्म मात्र खुला थियो । मजदुहरु निर्माण क्षेत्रमै बसेर काम गर्ने सर्तमा अत्यावश्यकी निर्माणलाई पनि खुला गरिएको छ । निर्माण कार्यका लागि आवश्यक सिमेन्ट, रडलगायतका कच्चा पदार्थका लागि पसल नखोलिने तर गोदामबाटै लैजाने पाइनेछ ।

होटल, रेष्टुरेन्ट, फुटपाथ पसल बन्द हुनेछन् भने बैंक तथा बित्तिय संस्थाले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्ने जनाइएको छ ।

सम्बन्धित समाचार