free website hit counter

भारतको सीमामा मारिए गुल्मीका दीपक कार्की

beemaadmin
२०७७ असार १०, बुधबार

नयाँदिल्ली । जम्मू–कश्मीरको लाइन अफ कन्ट्रोल क्षेत्र नजिक भएको गोलीबारीमा परी भारतीय सेनामा कार्यरत एक जना नेपाली गोर्खा सैनिकको मृत्यु भएको छ । भारतीय सेनाले युद्धविरामलाई उल्लंघन गर्दै सोमबार बिहान करिब साढे पाँच बजेतिर पाकिस्तानतर्फबाट भएको गोलीबारीमा परेर जम्मू–कश्मीरको नौसेरा क्षेत्रको रजौरी जिल्लामा खटिएका हवलदार दीपक कार्कीको मृत्यु भएको हो । गोलीबारीमा गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा मृत्यु भएको हो । ३७ वर्षीय कार्की गुल्मी जिल्ला निवासी भएको भएको बताइएको छ । भारतीय सेनाको ड्युटीमै रहेका बेला नेपाली नागरिकको मृत्यु भएको पछिल्लो घटना पहिलो भने होइन । गत वर्ष मंसिरमा पनि जम्मू–कश्मीरमै खटिएका गोरखाको रिप गाउँका २५ वर्षीय अर्जुन थापामगरले पनि दोहारो गोलीबारीमा परेर ज्यान गुमाएका थिए । त्यसैगरी जेठ २०७४ मा पनि भारतीय सेनाको गोर्खा रेजिमेन्टमा कार्यरत तीन जना नेपालीको जम्मू–कश्मीरमै भएको आतंकवादी हमलामा मृत्यु भएको थियो । उक्त घटनामा कास्कीका गिरीश गुरुङ, गुल्मीका डम्बरबहादुर पुन र पर्वतका रविन शर्माको ज्यान गएको थियो । यसैगरी भदौ २०७४ मा पनि लाइन अफ कन्ट्रोल क्षेत्र नजिक भएको गोलीबारीमा परेर भारतीय सेनामा कार्यरत अर्का एक जना नेपाली मूलका ३६ वर्षीय सन्दीप थापाको मृत्यु भएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार