free website hit counter

भारतबाट इन्घन ढुवानी सहज हुँदै

beemaadmin
२०७६ भाद्र २५, बुधबार

अर्थ बिमा समाचारदाता
काठमाडौँ । भूपरिवेष्ठित मुलुक नेपालको इनधनको माग धान्नका लागि लामो समयदेखि भारतीय भूमिबाट सवारी साधानमार्फत ढुवानी हुँदै आएको पेट्रोलियम पदार्थको आपूर्ति अब सहज हुने भएको छ ।
भारतको मोतिहारीदेखि नेपालको अमलेखगन्जसम्मको ७० किलोमिटर लामो क्रसबोर्डर पेट्रोलियम पाइपलाइन तयार भइ दुई देशका प्रधानमन्त्रीले मंगलबार त्यसको औपचारिक उदघाटन गरे पश्चात् अब पाइपलाई मार्फत नेपालमा इन्घन भित्रने सम्भव भएको हो ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आ–आफ्नो कार्यालयमा स्विच थिचेर लामो समयदेखिको पर्खाइमा रहेको यस आयोजनाको औपचारिक उदघाटन गर्नुभएको हो ।
पाइपलाइनबाट इन्घन आउने पक्कापक्की भएसँगै ढुवानी लागतमा कमी आउने पुष्टि नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा दुई रुपियाँ घटाएर गरेको छ ।
साढे दुई बर्षमा सक्ने लक्ष्य सहित निर्माण भएको उक्त क्रस बोर्डर परियोजना करिब १९ महिनामा नै सकिएको हो । नेपालतर्फ रहेको इन्घनको पाइपलाइनको सुरक्षाको जिम्मा भने नेपाली सेनालाई दिइएको छ ।

सम्बन्धित समाचार