free website hit counter

भारतमा एकै दिन थपिए ४० बिरामी

beemaadmin
२०७६ चैत्र ८, शनिबार

काठमाडौं । नेपालमो दक्षिणी छिमेकी भारतमा कोरोना भाइरसको संक्रमण एकै दिन ४० जनामा देखिएको छ । यससँगै भारतमा कोरोना संक्रमण पुष्टि भएका बिरामीहरुको संख्या २५० पुगेको छ । भारतका २२ राज्यमा कोरोना फैलिएको छ । सबैभन्दा धेरै संक्रमित महराष्ट्रमा छन् । महाराष्ट्रका चार शहर मुम्बई, पुणे, नागपुर र पिंपरी चिंचवड तथा छत्तीसगढको राजधानी रायपुरलाई भारत सरकारले लकडाउन गरेको छ । दिल्ली र उत्तर प्रदेशमा पनि सबै सपिङ मलहरु बन्द गरिएको छ । कोरोना संक्रमण फैलिँदै गएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार ‘जनता कर्फ्यू’ घोषणा गरेका छन् । घरबाट बाहिर कोही पनि ननिस्किएर ‘जनता कर्फ्यू’लाई सफल बनाउन उनले आह्वान गरेका छन् । यस अवधिमा भारतभर २२ घण्टासम्म यात्रुवाहक रेल सन्चालन हुने छैनन् । एयरलाइन्स कम्पनीहरुले पनि ४० प्रतिशत उडान बन्द गर्ने निर्णय गरेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार