free website hit counter

भारतमा कोरोनाबाट अहिलेसम्म ७ जनाले ज्यान गुमाए

beemaadmin
२०७६ चैत्र ९, आईतवार

एजेन्सी । कोरोना संक्रमण नियन्त्रणमा लिन आजदेखि कफ्र्युकै घोषणा गरेको भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । गुजरातमा आइतबार दिउँसो एक ६७ वर्षीय वृद्धको मृत्यु भएसँगै भारतमा कोभिड(१९ बाट मृत्यु हुनेको संख्या ७ पुगेको हो । कोरोना संक्रमित वृद्धको एक निजी अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको हो । पहिलेदेखिनै मिर्गौला र दमका रोगबाट ग्रस्त उनीमा कोरोना संक्रमण रहेको पुष्टि भएको थियो । गुजरातमा मृत्यु हुने उनी पहिलो र भारतमा सातौं बिरामी हुन् ।
कोरोनाबाट संक्रमित उनी रेलमार्फत दिल्ली, जयपुर हुँदै गुजरातको सूरत आएका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार गुजरातमा पहिलो कोरोना पोजिटिभ केस गुजरातको सूरतबाट नै आएको थियो र पहिलो मृत्यु पनि सुरतमा नै भयो ।
यस्तै बिहारको राजधानी शहर पटनाको एम्स अस्पतालमा कतारबाट फर्किएका सैफ अली नाम गरेका ३८ वर्षीय पुरुषको ज्यान गएको छ । कोरोना संक्रमणबाट बिहारमा मृत्यु हुने उनी पहिलो व्यक्ति हुन् । दुबै मिर्गौला काम नलाग्ने भएका उनको शनिबार बिहान मृत्यु भएको थियो । उनमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो । भारतमा आइतबार जनता कर्फ्यू घोषणा गरी सर्वसाधारणलाई घर बाहिर ननिस्कन आग्रह गरिएको छ भने अहिलेसम्म ३४१ जना कोरोना संक्रमित भेटिएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार