free website hit counter

भारत सरकारविरुद्ध आज प्रदर्शनमा उत्रँदै ककरोच जनता पार्टी

beemaadmin
२०८३ जेष्ठ २३, शनिबार

नयाँ दिल्ली । भारतमा हालै गठन भएको ‘ककरोच जनता पार्टी’ (सीजेपी) ले आज राजधानी दिल्लीमा आफ्नो पहिलो सार्वजनिक विरोध प्रदर्शन गर्ने भएको छ। शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न परीक्षा अनियमितताको विरोधमा पार्टीले जन्तरमन्तरमा प्रदर्शन आयोजना गरेको हो।

प्रदर्शनमा सहभागी हुन पार्टीका संस्थापक अभिजित दिपके अमेरिकााबाट दिल्ली आइपुगेका छन्। उनले पार्टी समर्थकहरूलाई आन्दोलनमा सहभागी हुन तथा आवश्यक प्रशासनिक प्रक्रिया पूरा गर्न आग्रह गरेका छन्।

सीजेपीका अनुसार निट-यूजी प्रश्नपत्र चुहावट प्रकरण, सीबीएसई, सीयूईटी, एसएससी-जीडीलगायतका परीक्षामा देखिएको अनियमितताविरुद्ध प्रदर्शन गर्न लागिएको हो। पार्टीले शिक्षा प्रणालीमा देखिएको बेथितिको जिम्मेवारी लिँदै केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिनुपर्ने माग पनि अघि सारेको छ।

प्रदर्शनलाई व्यवस्थित बनाउन पार्टीले समर्थकहरूका लागि केही निर्देशिका समेत जारी गरेको छ। सहभागीहरूलाई गर्मीबाट बच्न सनस्क्रिन प्रयोग गर्न, घरबाटै नास्ता गरेर आउन तथा राष्ट्रिय झण्डा, फूल र पुस्तक साथमा ल्याउन आग्रह गरिएको छ।

पार्टीका प्रवक्ताहरूले शिक्षा क्षेत्रमा पारदर्शिता, जवाफदेहिता र निष्पक्ष परीक्षा प्रणालीको माग गर्दै आन्दोलनलाई शान्तिपूर्ण ढंगले अघि बढाइने बताएका छन्।

सम्बन्धित समाचार