free website hit counter

भिटा परियोजनाका लागि नेपाल सरकार र कृषि विकास बैंकबीच सम्झौता

beemaadmin
२०७८ मंसिर २४, शुक्रबार

काठमाडौं । भिटा परियोजनाको लागि नेपाल सरकार र कृषि विकास बैंकबीच सम्झौता भएको छ । सरकार र बैंकबीच अमेरिकी डलर ८ करोड ३३ लाख छ हजार बराबरको सहायक ऋण सम्झौता भएको हो । उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र नेपाल सरकारको तर्फबाट सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका निमित्त प्रमुख ढकाराम तिवारीले हस्ताक्षर गरेका छन् ।
बैंकको अनुसार यस परियोजनाबाट ६ वर्ष अवधिभित्र १ लाख २५ लाख कृषकहरु लाभान्वित हुने अनुमान गरिएको छ । कृषि मुल्य श्रृंखलाको विकास र विस्तारका लागि कार्य गर्ने यस परियोजनाले कृषकहरुलाई सहुलियतपुर्ण कर्जा प्रवाह गर्नुका साथै हेफर ईन्टरनेसनल संस्थासँग सहकार्य गर्दै कृषकहरुको क्षमता अभिवृद्धि गर्ने कार्य समेत गर्ने लक्ष्य रहेको बैंकले जनाएको छ ।
३० वर्ष अवधिको लागि कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आइएफएडी)को सहयोगमा नेपाल सरकार, अर्थ मन्त्रालय मार्फत कृषि विकास बैंकलाई प्राप्त यस ऋण रकम बैंकले नेपाल सरकारबाट ५ प्रतिशत व्याजदरमा पाप्त गर्ने छ ।
कृषि विकास बैंकले निकै लामो अन्तरालपछि यस किसिमको सहुलियत ऋण सहयोग प्राप्त गर्न सफल भएको हो । बैंकिंङ बजारमा देखिएको तरलता अभावलाई कम गर्न नेपाल सरकारको यस किसिमको कार्यक्रमले टेवा पुग्ने बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार