free website hit counter

भिमसेन मन्दिर पुनर्निर्माणमा नेपाल इन्भेष्टमेण्ट बैंकको ५० लाख सहयोग

beemaadmin
२०७६ माघ २, बिहीबार

ललितपुर । सामाजिक उत्तरदायित्व निर्वाह गर्नमा अग्रणी संस्था नेपाल इन्भेष्टमेन्ट बैंकले भिमसेन मन्दिर पुनर्निर्माणका लागि मन्दिर पुनर्निर्माण सरोकार समितिलाई ५० लाख सहयोग गरेको छ । एक कार्यक्रमको आयोजना गरी बैंकले पुनर्निर्माण सरोकार समितिका अध्यक्ष कृष्णलाल महर्जनलाई ५० लाखको चेक हस्तान्तरण गरेको हो ।
सो रकम बैंकका अध्यक्ष पुथ्वी बहादुर पाण्डेले आफ्नो प्रतिवद्धता अनुरुप हाललाई ५० लाखको आर्थिक सहयोग बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेमार्फत हस्तान्तरण गरिएको हो ।
२०७२ साल वैशाख १२ गते गएको विनाशकारी भुकम्पबाट क्षतिग्रस्त पाटन मंगलबजार स्थित व्यापारीवर्गहरुको आराध्य देवताको रुपमा रहेको भिमसेन मन्दिर पुनर्निर्माणको लागि जिल्ला स्थित विभिन्न जातिय समाज, व्यापारिक वर्ग, संघ संस्था, मंगल टोल सुधार समिति समेतको आग्रहमा ललितपुर महानगरपालिका र ललितपुर उद्योग वाणिज्य संघको अगुवाईमा भिमसेन मन्दिर पुनर्निर्माण सरोकार समिति मार्फत स्थानिय तवरबाट नै आर्थिक श्रोत जुटाउने गरि मन्दिरको पुनर्निर्माणको कार्य द्रूतगतिमा भईरहेको छ ।

सम्बन्धित समाचार