काठमाडौं । मध्यपूर्वमा जारी तनाव कम हुने संकेत देखिएपछि विश्व बजारमा तेलको मूल्य घटेको छ भने शेयर बजारमा सुधार देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा संरचनामाथि आक्रमण गर्ने निर्णय स्थगित गरिएको बताएपछि मध्यपूर्वको युद्ध मत्थर हुने संकेत देखिएको हो । ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिका र इरानबीच द्वन्द्व अन्त्य गर्ने विषयमा “पूर्ण र सम्पूर्ण समाधान” सम्बन्धी वार्ता भएको दाबी गरेका छन् । तर इरानले भने यस्तो कुनै वार्ता नभएको जनाएको छ। यदि वार्ता सुरु नभई ट्रम्पले आक्रमण रोकेका हुन् भने यो अमेरिका युद्धबाट पछि हट्ने संकेत हो । जसले गर्दा पनि पश्चिम एसियाको युद्ध मत्थर हुने सम्भावना बढ्ने गर्छ । यस घोषणापछि ब्रेन्ट कच्चा तेलको मूल्य तीव्ररूपमा घटेको छ। सोमबार एक समय प्रतिव्यारेल ११३ डलरसम्म पुगेको मूल्य ट्रम्पको अभिव्यक्तिपछि घटेर ९६ डलरसम्म झरेको थियो, पछि केही सुधार देखिएको छ । तेलको मूल्य घटेसँगै विश्वका शेयर बजारहरूमा उकालो लागेको छ। बेलायतको एफटीएसटी १०० सुरुमा २५ भन्दा बढीले घटे पनि दिनको अन्त्यमा स्थिर रह्यो । जर्मनीको डीएएक्स १।२५ ले बढ्यो भने फ्रान्सको सीएसी ४० करिब ०।९५ माथि बन्द भयो। अमेरिकामा एस एन्ड एस ५०० १।१५ भन्दा बढीले उकालो लाग्यो । तर एसियाली बजारहरूमा भने सोमबार भारी गिरावट देखिएको थियो। जापानको निक्की २२५ ३।५५ ले घट्दा दक्षिण कोरियाको कोस्पी ६।५५ ले झरेको थियो। जापान र दक्षिण कोरिया विशेष रूपमा प्रभावित भएका छन्, किनकि उनीहरू तेल तथा ग्यास आपूर्तिका लागि स्ट्रेट अफ होर्मुजमा निर्भर छन् । यो जलमार्ग विश्वकै सबैभन्दा व्यस्त तेल ढुवानी मार्गमध्ये एक हो, जहाँबाट करिब २०५ विश्वको तेल तथा तरलीकृत प्राकृतिक ग्यास ओसारपसार हुन्छ। फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्वका कारण इरानले उक्त जलमार्ग प्रभावकारी रूपमा अवरुद्ध गरेको छ, जसले विश्वभर इन्धनको मूल्य बढाएको थियो । यसअघि ट्रम्पले ४८ घण्टाभित्र जलमार्ग नखोले इरानका ऊर्जा संरचनाहरू “ध्वस्त पार्ने” चेतावनी दिएका थिए। त्यसको जवाफमा इरानले पनि क्षेत्रका महत्वपूर्ण पूर्वाधारहरूमा आक्रमण गर्ने चेतावनी दिएको थियो। तर पछिल्लो वक्तव्यमा ट्रम्पले दुवै देशबीच भएका “गहिरा, विस्तृत र सकारात्मक” वार्तालाई ध्यानमा राख्दै पाँच दिनका लागि आक्रमण स्थगित गरिएको बताएका छन्। उनले यो निर्णय जारी छलफलको सफलतामा निर्भर रहने पनि उल्लेख गरेका छन् । यस घटनाक्रमले मध्यपूर्वको तनाव कम हुने संकेत दिएको छ, जसले विश्व अर्थतन्त्रमा केही राहतको आशा जगाएको छ।