free website hit counter

मलमासमा के गर्न मिल्छ, के मिल्दैन ?

beemaadmin
२०८० श्रावण २, मंगलवार

काठमाडौं । आजबाट अधिकमास अर्थात् पुरुषोत्तममा सुरु भएको छ। यस्लाई मलमास पनि भनिन्छ। आजदेखि सुरु भएको यस वर्षको मलमास वा अधिकमास साउन ३१ गतेसम्म चल्ने छ। अधिकमासमा भगवान नारायणको पूजा गरिने र अधिकमासमा माहात्म्य वा कथा सुन्ने र दान गर्ने परम्परा रहेको छ। यसो गर्नाले सम्पूर्ण पापहरू नष्ट हुन्छन् भनेर कथामा बताइएको छ। अधिक मासमा कुनै पनि शुभ कर्महरू वा साइतहरू हुँदैनन्। यसै हुनाले महिनाभरी कुनै पनि विवाहादि कार्य व्रतवन्ध लगायतका कुनै पनि कार्यहरू छैनन्। दैनिक रूपमा गर्दै ल्याईएका कर्महरू जस्तो नित्य पाठपूजा गर्नलाई चाहिँ कुनै छेकथुन हुँदैन। वैदिक परम्परा अनुसार नेपालको इतिहासमा छैटौं शताब्दिदेखि सोह्रौ शताब्दीसम्मका अभिलेखहरूमा आषाढमा र पौषमा मात्र अधिकमास पाइन्छ। पछि आएर भने अनादी वैदिक परम्परालाई छोडी तेह्रौ शताब्दीको सिद्धान्तशिरोमणीको ज्योतिषफलबाट अन्य महिनाहरूमा पनि अधिकमास परेको उल्लेख गरेको पाइन्छ। पतिगृहमा विवाहदेखि पछिको पहिलो वा विवाह गरेको वर्षमा आउने महिना आषाढमा बस्ता बुहारीले सासू पिर्ने, पहिलो क्षयमासमा बस्ता आफ्नै शरीरलाई पीडा गर्ने, पहिलो जेठमा बस्ता जेठाजु पिर्ने, पैलो पुसमा बस्ता ससुरालाई पिर्ने पहिलो अधिकमासमा बस्ता पतिलाई पिर्ने, पहिलो चैतमा पितृगृहमा बस्ता आफ्नै बाउलाई पिर्ने कुरा मुहूर्तमार्तण्डदिकामा पाइन्छ। मुहूर्तमार्तण्डको १६२८ संवत्मा र मूहूर्तचिन्तामणिको १६५७ संवत्मा रचना भएको हो। यस्ता हुने नहुने कुराको प्रतिपादन गर्ने अरु सबै ग्रन्थ यी ग्रन्थहरूभन्दा पछिका देखिन्छन्। वैदिक परम्पराका प्राचीन ग्रन्थहरूमा यस कुराको प्रतिपादित देखिदैँन।

३६५ दिनको एक वर्ष वा १२ महिना हुन्छ। सूयको गतिअनुसार गणना गरिने मासलाई ९महिना० सौरमास भनिन्छ भने, चन्द्रमासको गतिको आधारमा गणना गरिने मासलाई चन्द्रमास भनिन्छ। सामान्यतया सैरमासमा संक्रान्तिदेखि मसान्तसम्ममा २९ दिनदेखि ३२ दिनसम्मको एक पहिना हुन्छ भने चन्द्रमासमा एक पूर्णिमादेखि अर्को पूर्णिमासम्म २९ दिन १२ घण्टा ४४ मिनेट र २४ सेकेन्डको एक चन्द्रमास हुन्छ।

त्यस्तै सौरमासको गणनाअनुसार एक वर्षमा जम्मा ३६५ दिन हुछन् भने, चन्द्रमास अनुसार दिन गणना ३५४ दिन मात्र हुन्छ। सौरमासभन्दा चन्द्रमासको दिन गणनाअनुसार ११ दिन बढी वर्षमा हुने गर्छ। यसरी गणना गर्दा ३२ महिना, १६ दिन, १ घण्टा र ३६ मिनेट पुगेपछि एक अधिकमासबाट अर्को अधिकमास पर्दछ वा आउँछ। यस क्रमले हरेक वर्षमा ११ दिनको फरकलाई जोड्दै जाँदा तीन वर्षमा एक महिना सौरमास भन्दा चन्द्रमास वढि हुन पुग्छ।

ज्योतिषशास्त्रका अनुसार अधिकमास भन्नाले जुन चन्द्रमासभित्र सूर्य संक्रान्ति पर्दैन त्यसलाई भनिन्छ। त्यस्तै जुन चन्द्रमासभित्र २ वटा सूर्य संक्रान्ति पर्दछ, त्यसलाई क्षयमास भनिन्छ। अधिकमास हरेक ३२ महिना १६ दिन १ घण्टा, ३६ मिनेटपछि आउँछ भने क्षयमास घटीमा १९ वर्ष र बढिमा ४१ वर्षमा एक पटक आउने गर्दछ। यस्ता ग्रहगत अधिकमास र क्षयमासका समय समायोजन गर्ने कार्यहरूमा अन्न विभिन्न स्थानमा बेग्ला बेग्लै विधि र किसिम पनि पाईन्छ। यसै सौरमास र चन्द्रमासलाई तीन वर्षमा समायोजन गरिने हुदा यस अवधिलाई अधिकमास भनेर भनिएको हो। सौरमास जब सूर्य–चन्द्रमाको गतिमा आधारित हुने र चान्द्रमास तिथिमा आश्रित हुने भएकाले सौर्यमास जस्तो चान्द्रमास सामान्यतय गतिमा निश्चित हुदैन। यहि नियम अनुसार अधिकमास वा महिना बृद्धि हुने हुन्छ।

अधिकमास खासै यहि महिनामा हुन्छ भनेर हुदैन। चान्द्रमासको गति अनुसार जुनसुकै महिनामा पनि पर्न सक्छ। “सर्वेषु मासेष्वधिमासकः स्यात” भन्ने प्रमाणबाट अधिक मास जुनसुकै महिनामा पनि पर्न सक्छ। मलमास वा अधिकमास त्यस्तो कुनै डरलाग्दो अशुभ समय भने चाहि होईन। वर्ष दिनलाई ठीकसँग मिलाउनकोलागि मलमास र क्षयमास आउने गर्दछ। पाश्चात्य परम्परामा ‘लिप इयर’को सहायताबाट वर्षलाई कायम गर्ने गरिन्छ। लिप इयर हरेक तीन वर्षमा ठीक समयमा आउने गर्दछ भने अधिक मास चान्द्रमासको गतिमा निर्धारण हुने गर्दछ।

हाम्रो समाजमा कसैको जन्म मृत्यु अधिकमासमा भयो भने यसलाई राम्रो नमान्ने चलन छ। कसैको मृत्यु र जन्म हुनु स्वभाविक हो तर अधिक मासमा मृत्यु वा जन्मलाई वार्षिक रुपमा मनाउन समय केलाउनु पर्ने हुन्छ। यसै हुनाले पनि नराम्रो हो भन्ने मान्यता रहेको हो। ‘तीथ्यर्धे प्रथमे पूर्वोऽपरस्मिन्नपरस्तथा, मासाविति बुधैश्चिन्त्यौ क्षयमासस्य मध्यगौ’ अधिकमासमा जन्म वा मृत्यु भएमा अधिक पक्षको जुन तिथि छ शुद्ध पक्षको त्यहि तिथि कायम हुने प्रमाण पाईन्छ। क्षयमासकालगि भने शुक्लपक्षको पहिलो महिना र कृष्णपक्षको पछिल्लो महिना गणना गरिन्छ। त्यसमा पनि तिथिमानलाई दुई भागमा गरी तिथिको पूर्वाद्धमा जन्म वा मृत्यु त्यसको जन्म दिन वा मरणतिथि पहिलो महिनाको सोहि तिथि तथा उत्तराद्धमा जन्म वा मृत्यु भएमा पछिल्लो महिनाको समानपक्षको सोहि तिथि त्यसका लागि जन्मतिथि वा मरणतिथि हुने शास्त्रिय प्रमाण पाईन्छ।

अधिक मासमा के गर्नु हुन्छ

वार्षीकी कार्य
दैनिक नित्य कर्म सधै गरेर ल्याइएका कर्म जस्तो दैनिक विहान बेलुकाको पूजा।
पुरुषोत्तम पूजा कथा श्रवण

गर्न नहुने कार्य

श्राद्ध तथा पितृकर्म
विवाह व्रतवन्ध, चूडाकर्म
सप्ताह, नवाह, महारुद्रि, शतचण्डी
शुभ मूर्हुतका कुनै पनि कर्म गर्नु हुँदैन जस्तो गृह प्रवेश, नयाँ कार्यको थालनी, यात्रा, कार्यको शुभारम्भ गर्न अशुभ मानिन्छ।
अधिक मासमा विवाह गरेमा गृह सुख हुँदैन।
गर्भाधान गरेमा बच्चा रोगी जन्मन्छ।
नव विवाहित दाम्पत्तीहरूका लागि अधिक मासमा अलग बस्नु राम्रो हुन्छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार