free website hit counter

मलेसियामा एकैदिन  १ सय ९० जनामा कोरोना

beemaadmin
२०७६ चैत्र ३, सोमबार

एजेन्सी । नेपाली युवाहरुको बाक्लो उपस्थिति रहेको मुलुक मलेसियामा आईतबार १ सय ९० जनामा कोरोनाको संक्रमण भेटिएको छ ।  यसमा धेरै संक्रमण मस्जिदमा भएको धार्मिक कार्यक्रममा फैलिएका बताईएको छ । यो नयाँ केस सहित मलेसियामा संक्रमण संख्या ४ सय २८ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले सबै मस्जिदमा आएका मानिस र उनीहरुसँग सम्बन्धित मानिसहरुलाई १८ दिन क्वारेण्टाईनमा राख्ने बताएको छ ।

मलेसियन स्वास्थ्य अधिकारीहरुले फेब्रुअरी २७ तारिखको दिन भएको उक्त धार्मिक कार्यक्रममा १६ हजार मानिस सहभागी भएको जनाएको छ । यसमा १४ हजार ५ सय जना मलेसियन रहेको बताईएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार