काठमाडौं । कोरोना कहरका कारण उत्पन्न विषम परिस्थितिमा महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरुलाई जरिवाना शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । कम्पनीले असोज मसान्तसम्म ग्राहकको प्रिमियम भुक्तानी विलम्ब भएबापत लाग्ने जरिवाना शुल्कमा शतप्रतिशत छुट दिने भएको हो । कोभिड १९ को कारण आवागमन र आर्थिक मारमा परेर समयमा पोलिसीको नविकरण बीमा शुल्क तिर्न नसकेका बीमितहरुलाई मध्यनजर गर्दै कम्पनीले उक्त छुटको घोषणा गरेको हो ।
समयमा तिर्नु पर्ने नविकरण बीमाशुल्क नतिरेको कारण लाग्ने बिलम्ब शुल्क असोज १५ गतेदेखि ३० गतेभित्र नविकरण बीमाशुल्क भुक्तान गरेमा बन्दाबन्दी शुरु अवधि अर्थात २०७६ चैत ११ गतेदेखिको बिलम्ब शुल्क पूर्ण रुपमा छुट दिने निर्णय गरेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले बताए । यस अवधिमा नवीकरण बीमाशुल्क भुक्तानी गरी आ–आफ्नो बीमालेख सक्रिय गराई यस अवसरको फाइदा लिन कम्पनीले आफुसँग आवद्ध सबै बीमितहरुलाई आग्रह गरेको छ । साथै, बीमितहरुले आफुलाई पायक पर्ने समयमा घरबाटै इसेवा मार्फत नै बीमाशुल्क भुक्तानी गर्न सक्ने छन् ।