free website hit counter

महालक्ष्मी लाईफले दियो सम्पत्ति शुद्धिकरण तालिम, सातवटै प्रदेशको तयारी

beemaadmin
२०७७ फाल्गुन २०, बिहीबार

काठमाडौं । आफ्नो सेवालाई चुस्त दुरुस्त पार्दै बीमा बजारलाई स्वस्थ प्रतिस्पर्धाका साथ अगाडि बढाउने योजनाका साथ अघि बढेको कान्छो बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीहरुलाई सम्पत्ती शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालिम दिएको छ ।

कम्पनीले कर्मचारीलाई फागुन २० गते काठमाडौंको लेण्डमार्क होटलमा उक्त तालिम दिएको हो । वरिष्ठ सहायक महाप्रबन्धक सपना खरेलले गैरकानूनी रुपमा आर्जित रकम कसरी बैंक र बीमाको माध्यमले शुद्धिकरण गरिन्छ, अपराधिक र आतंकवादी क्रियाकलापबाट आर्जित रकमको पहिचान कसरी गर्ने र शंकास्पद कारोबारको रिपोर्टिङ तरिका बारेमा कर्मचारीलाई तालिम दिएकी थिइन् ।

Advertisement
Advertisement

उक्त कार्यक्रममा प्रदेश नं. ३ का सम्पुर्ण शाखा र उपशाखा प्रमुखहरुको उपस्थिति रहेको थियो । त्यस्तै, आजै सञ्चालित हुने दोस्रो चरणको तालिममा बीमा प्रोडक्ट र यसको बिक्रीका क्षेत्रहरु, प्रभावकारी अण्डरराईटिङका तरिकाहरु र ग्रामीण क्षेत्रसम्म पुग्ने बजार रणनीतिका बारेमा तालिम सञ्चालन हुनेछ । नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र रामेश्वर श्रेष्ठ, मार्केटिङ विभाग प्रमुख प्रशान्तराज धमला र अण्डरपराईटिङ विभाग प्रमुख प्रभाकर न्यौपानेले तालिम दिने कार्यक्रम रहेको छ ।

Advertisement
Advertisement

कम्पनीले २०७८ आषाढ मसान्तभित्र सातै प्रदेशका कर्यालय प्रमुख र कर्मचारीलाई सम्पत्ति शुद्धिकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी पूनर्ताजगी तालिम दिने कार्यक्रम बनाएको छ । त्यसैगरी, यो तालिम क्रमश अभिकर्तालाई पनि प्रदान गरी जीवन बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरणलाई न्यूनिकरण गर्ने उद्देश्य राखिएको कम्पनीले जानकारी गराएको छ ।

सम्बन्धित समाचार