free website hit counter

महिला भलिबल टिमलाई बाणिज्य बैंकको सम्मान

beemaadmin
२०७६ मंसिर ३, मंगलवार

काठमाडौं । इतिहास रच्न सफल नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सम्मान गरेको छ । महिला टिमले पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि जितेको अवसरमा एक कार्यक्रमका बीच महिला टिमलाई सम्मानपत्र, पुरस्कार प्रदान गरिएको हो । सो बधाई कार्यक्रम राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका सदस्य निर्मलहरि अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । हालै बंगलादेशमा सम्पन्न भएको एशियन सेन्ट्रल जोन सिनियर वोमन भलिबल प्रतियोगितामा नेपाली राष्ट्रिय महिला भलिबल टिम प्रथम भएको थियो ।
सो कार्यक्रममा बैंक संचालक समितिका सदस्य निर्मलहरि अधिकारीले बैंकले भलिबललाई विगतदेखि गरेको सहयोगको परिणाम आएको र अन्तर्राष्ट्रिय रुपमा प्राप्त भएको उपलब्धिले देशको शिर उच्च भएको बताए । नेपाल भलिबल संघका अध्यक्ष शर्माले बैंकले गरेको सहयोगकोे गुन संघले सुनले तिर्ने बताए ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले नेपालको राष्ट्रिय खेल भलिबलको लोकप्रियतालाई देखेर बैंकले केही वर्ष अगाडि देखिनै सहयोग गरेको बताउँदै यस्तो कार्यक्रमले खेल खेलाडीहरुको मनोबल बढ्ने बताए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार