free website hit counter

महुली लघुवित्तको नाफामा छलाङ

beemaadmin
२०८२ श्रावण १५, बिहीबार

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ११ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २५५.८० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ३ करोड २१ लाख रुपैयाँ यस्तो नाफा कमाएको थियो। खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण लघुवित्तको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४३.०२ प्रतिशत र अन्य सञ्चालन आम्दानी २.५२ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ३६.३० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २३२.३३ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १२ करोड ४१ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ५७ पैसा रहेको छ। नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २० रुपैयाँ ९८ पैसा बढेर ३० रुपैयाँ ८६ पैसा पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २१४ रुपैयाँ ३९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४१.८६ गुणा रहेको छ। ३६ करोड ९९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ४२ करोड ३१ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४ अर्ब ७४ करोड ३ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ५ अर्ब २४ करोड ७९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार