काठमाडौं । अष्ट्रेलिया जाने तयारीमा रहेका माछापुच्छ्रे बैंकका ग्राकलाई खुशीको खबर छ । बैंकले आफ्नो सेवालाई अझ चुस्त बनाउँदै अष्ट्रेलियन डलर आयात गरी ग्राहकलाई बिक्री गर्न थालेको छ ।
अष्ट्रेलियन डलरको अभाव बजारमा देखिएपछि बैंकले यस्तो कदम चालेको हो । विदेश जाने नेपालीहरुले विदेशको भिसा लागेपछि अधिकतम १,५०० अमेरिकी डलर बराबरको अष्ट्रेलियन डलर साट्न पाउने प्रावधान रहे पनि हाल नेपाली बजारमा देखिएको अष्ट्रेलियन डलरको अभावले अधिकांश नेपालीले सहजरुपमा अष्ट्रेलियन डलर प्राप्त गर्न नसकिरहेको बेला माछापुच्छ्रे बैंकले यस्तो कार्य थालेको हो । माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंकले तोके बमोजिम पार्सपोर्ट, भिसा र कन्फर्म एयर टिकट साथमा लिएर आउने ग्राहकलाई काठमाडौँ उपत्यका भित्र रहेका लाजिम्पाट, पुतलीसडक, नक्साल, नयाँ बानेश्वर, पाटन, चावहिल, थापाथली, बालुवाटार, चापागाउँ, बौद्ध, भक्तपुर, न्यूरोड बाट सहज रूपमा अष्ट्रेलियन डलर उपलब्ध गराउने व्यवस्था मिलाएको बैंकले जनाएको छ ।