free website hit counter

माछापुच्छ्रे बैंकद्वारा सिसियु वार्ड हस्तान्तरण

beemaadmin
२०७८ चैत्र २, बुधबार

काठमाडौं । माछापुच्छ्रे बैंकले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा सिसियु वार्डको निर्माण गरि अस्पताललाई हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जटिल प्रकृतिका मुटु रोगीको उपचारमा सघाउ पुर्याउने उद्धेश्यले २४ सैयाको सिसियु वार्ड अस्पताललाई हस्तान्तरण गरेको हो । मंगलबार आयोजित एक कार्यक्रमका बीच बैंकका अध्यक्ष डा विरेन्द्र महतोले उक्त वार्डको सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका कार्यकारी निर्देशक डा। चन्द्रमणि अधिकारी लाई हस्तान्तरण गरेका हुन् । बैंकका संचालक समितिका सदस्यहरु रोशन केसी, विश्वप्रकाश गौतम, मुकुन्द महत, हरिभक्त सिग्देल, बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला लगायत उच्चपदस्थ कर्मचारीहरुको उपस्थिती रहेको थियो । बैंकले देशभर १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखासहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत वित्तिय सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार