free website hit counter

माछापुच्छ्रे बैंकले थाल्यो नेपालमै पहिलो पटक वीच्याट वालेटको भुक्तानी सेवा

beemaadmin
२०७७ श्रावण ३०, शुक्रबार

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपालमा नै पहिलो पटक वीच्याट वालेटको भुक्तानी सेवा शुरू गरेको छ । नयाँ प्रविधिहरु भित्र्याउन अग्रसर माछापुच्छ्रे बैंकले नेपालमा आउने चिनिया पर्यटकहरुलाई लक्षित गर्दै वीच्याट वालेटबाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा शुभारम्भ गरेको हो । उक्त सम्झौतापश्चात नेपाल आउने पर्यटकहरुले माछापुच्छ्रे बैंकसँग आबद्ध मर्चेन्टहरुबाट वस्तु तथा सेवा खरीद गरेवापत भुक्तानी गर्नुपर्ने रकम क्यूआर कोड स्क्यान गरि वीच्याट वालेटबाट भुक्तानी गर्न सक्नेछन् । माछापुच्छ्रे बैंकले फर्स्ट पे टेक्नोलोजीसँगको सहकार्यमा उक्त वीच्याट वालेट संचालनमा ल्याएको हो ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार