free website hit counter

माछापुच्छ्रे भित्र्यायो १० मिलियन डलर

beemaadmin
२०७६ माघ २२, बुधबार

काठमाडौं । तरलता अभावलाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले दुवईस्थित माश्रिक बैंकबाट १० मिलियन अमेरिकी डलर अर्थात एक अर्व भन्दा बढि पैसा नेपाल भित्र्याएको छ ।
यसअघि दुवईस्थित माश्रिक बैंकबाट नेपालमा रकम भित्र्याउन गरेको सम्झौता अनुरुप नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात माछापुच्छ्रे बैंकले १० मिलियन अमेरिकी डलर अर्थात एक अर्व भन्दा बढि पैसा नेपाल भित्र्याएकोे हो ।
नेपाल राष्ट्र बैंकले कुल प्राथमिक पुँजीको शतप्रतिशत रकम विदेशबाट ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने व्यवस्था गरेको छ । यही व्यवस्था अनुसार माछापुच्छ्रे बैंकले विदेशबाट पैसा ल्याउने प्रकृया थालेको थियो ।
माछापुच्छ्रे बैंकले दुवईस्थित माश्रिक बैंकबाट ल्याएको उक्त रकम कृषि, ऊर्जा, पर्यटन, साना तथा मझौला व्यवसाय लगायतका अन्य विभिन्न प्राथमिकताका क्षेत्रमा लगानी गर्नेछ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार