free website hit counter

माछापुच्छ्रे र सेञ्चुरीबीच मर्जरको छलफल

beemaadmin
२०७८ माघ १, शनिबार

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको आर्थिक नीतिमै ठूला मर्जरलाई महत्व दिइएको बेला ठूला वित्तिय संस्थाहरु गाभिनेक्रम जारी छ । नवील बैंकले नेपाल बंगलादेशबैंकलाई प्राप्ति गर्ने सम्झौता गरेसँगै नेपालको बैंकिङ उद्योग तरङ्गित भएको छ । एकातिर नवील र बंगलादेश बैंक एक भएर ठूलो वित्तीय संस्था हुने देखिएको छ भने अर्कोतिर हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकको मर्जर प्रक्रिया अन्तिम चरणमा छ । मर्जरपछि नै ग्लोबल आइएमई बैंक सबैभन्दा ठूलो बैंकको रुपमा यसअघि नै स्थापित भइसकेको छ।
उद्योगमा ठूला वित्तीय संस्थाहरुको जन्म धमाधम भइरहँदा अन्य ‘ठूला’ भनिएका बैंकहरुमा पनि दवाब सिर्जना भएको छ । अब ठूला भनिएका बैंकहरु समेत कुनै न कुनै बैंकसँग मर्जरमा गएर साइज ठूलो नबनाई धर नहुने अवस्था बनेको छ । हिमालयन–इन्भेष्टमेन्ट र नवील–एनबी बैंकबीचको मर्जरसम्बन्धी सकारात्मक खबरले दवाबमा परेका अन्य बैंकहरु समेत आफ्ना मिल्दाजुल्दा पार्टनरको खोजीमा अगाडि बढेका छन् । यो क्रममा उद्योगको कान्छो वाणिज्य बैंक ‘सेञ्चुरी कमर्सियल’ पनि अर्को एक वाणिज्य बैंकसँग मर्जमा जाने संभावना प्रवल देखिएको छ ।
सेञ्चुरी कमर्सियल बैंक लामो समयसम्म नवील बैंकमै समाहित हुने प्रयासका साथ अगाडि बढेको थियो । तर, नवीलले पहिला एनसीसी र त्यहाँको प्रयास अगाडि बढ्ने अवस्था नदेखिएपछि एनबीसँग मर्जर सम्झौतामा गएपछि सेञ्चुरी कमर्सियल बैंक आफ्नो उपयुक्त मर्जर पार्टनर खोज्ने अभियानमा लाग्यो । सेञ्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठ र केही संचालकहरुले यो क्रममा विभिन्न वाणिज्य बैंकहरुसँग मर्जरका लागि कुराकानी गरेका थिए । ती कुराकानी औपचारिकतामै सीमित भए पनि माछापुच्छ्रे बैंकसँगको कुराकानी भने निश्कर्षउन्मुख बन्दै गएको स्रोतहरुले बताएका छन् । प्रमुख कार्यकारीको रुपमा कार्यरत तुलसी गौतमले सेञ्चुरी बैंकबाट राजीनामा दिएपछि हाल त्यहाँ कामु सीइओ मनोज न्यौपानेले नेतृत्व हाँकिरहेका छन् । गौतमले छाडेपछि बैंकलाई प्रगतिपथमा लगेको देखेपछि मर्जरमा नगएको अवस्थामा सेञ्चुरीले न्यौपानेलाई नै फूल सीइओ दिने तयारी गरेको थियो ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार