free website hit counter

मातृभूमिको पक्ष लिँदा मनिषामाथि खनियो मिडिया

beemaadmin
२०७७ जेष्ठ ७, बुधबार

काठमाडौँ । कोही पनि राष्ट्रवादी आफ्नो मातृभूमि छाडेर चर्न गएको कर्मथलोको पक्षमा लाग्दैन । अभिनेत्रि मनिषा कोइरालाको हकमा पनि त्यस्तै भयो । हो मनिषाले इज्जत, प्रतिष्ठा र धनसम्पत्ति भारतबाटै कमाएकी हुन् । तर त्यसो भन्दैमा उनले नेपाली भूमि आफ्नो भन्ने आधिकार गुमाएकी होइनन् । र बलिउडले गरेको लगानी उनको क्षमताका लागि हो । नेपालले सार्वजनिक गरेको नयाँ नक्सालाई समर्थन जर्दा अहिले भारतीय मिडिया मनिषा कोइरालाको विपक्षमा लागेको छ । मनिषा कोइरालाको यो पक्षधरतालाई केही भारतीय मिडियाले चीनको पक्ष लिएको भनेर समेत लेखेका छन् । नेपालले चीनको उक्साहटमा नयाँ नक्सा जारी गरेको भन्दै आएका भारतीय मिडियाले मनिषालाई ‘भारतको खाएर चीनको गीत गाएको’ भन्ने आरोप समेत लगाएका छन् । परराष्ट्रीमन्त्री प्रदीप ज्ञवालीले तीन क्षेत्र समेटिएको नक्सा प्रकाशित गर्ने निर्णयउपर लेखेको ट्वीटर मेन्सन गर्दै अभिनेत्री कोइरालाले सोमबार लेखेकी थिइन्, हाम्रो सानो राष्ट्रको गरिमा बनाइरहनु भएकोमा धन्यवाद । तीन राष्ट्रबीच शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा छलफल होस् भन्ने आशा गर्छौं ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार