free website hit counter

मातृभूमि लघुवित्तको सीईओमा शर्मा नियुक्ति

beemaadmin
२०८१ भाद्र ६, बिहीबार

काठमाडौँ । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मीप्रसाद शर्मा नियुक्त भएका छन् । २०८१ भदौ ५ गतेदेखि लागू हुनेगरी शर्मा ४ वर्षका लागि लघुवित्तको सीईओ नियुक्त भएका हुन् । २०८१ भदौ २ गते बसेको लघुवित्त सञ्चालक समितिको १४७ औं बैठकले शर्मालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सीईओ शर्मा वगनासकाली–७, पाल्पाका हुन् । नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेसँगै मातृभूमि लघुवित्त वित्तीय संस्थाले नियामक नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्च, कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्ड र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई बोधार्थ जानकारी गराएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार