free website hit counter

मापसेका कारण कमेडी च्याम्पियन टिमको कार दुर्घटना

beemaadmin
२०८० चैत्र १०, शनिबार

काठमाडौं । कमेडी च्याम्पियनका सञ्चालक तथा चलचित्र निर्देशक विशाल भण्डारी सवारी दुर्घटनामा परेका छन्। मादक पदार्थ सेवन गरी चलाएको सवराी दुर्घटनामा परेको निश्कर्षसहित प्रहरीले उनीसहित दुई जनालाई भक्तपुरबाट पक्राउ गरेर हिरासतमा राखेको छ। शुक्रबार बिहान करिब ३ बजे भण्डारीसहितका ६ व्यक्तिहरू चढेको कार नगरकोट जाने क्रममा भक्तपुरमा विपरीत दिशाबाट आएको टिपरसँग ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा कमेडियन सुशान बस्यालसहित ४ जना घाइते भएका छन्। सुशानको अवस्था गम्भीर रहेको प्रहरी स्रोतले जनाएको छ। विशाल भण्डारी र पुजन अधिकारीलाई सामान्य चोट लागेको छ। दुर्घटनापछि प्रहरीले सवारी चालकबारे सोधखोज गरेको थियो। विशाल र पुजनमध्ये कसले गाडी चलाएको निर्क्यौल हुन नसकेपछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको हो। गाडीको अगाडि सिटमा विशाल र पुजन थिए। तर उनीहरूले दुवैले सवारी आफूले नचलाएको बताएका छन्। कारमा सवार भएकाहरूले मापसे गरेको पाइएको स्रोतले उल्लेख गरेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार