free website hit counter

मिर्मिरे लघुवित्तले घोषणा गर्यो बोनस शेयर

beemaadmin
२०७९ पुष ७, बिहीबार

काठमाडौं । मिर्मिले लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको भन्दा बढी बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ। पुस ६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २३ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो। गत वर्ष लघुवित्तले २० प्रतिशत बोनस शेयर वितरण गरेको थियो। आर्थिक वर्ष २०७७–७८ मा मर्जर तथा प्राप्ती कार्य सम्पन्न गरी दुई संस्था प्राप्ति गरी एकिकृत कारोबार शुरु गरेको हुँदा बोनस शेयर वितरण गर्दा कर नलाग्ने भएकोले कर प्रयोजनार्थ नगद लाभांश नछुट्याइएको लघुवित्तले सूचनामा उल्लेख गरेको छ। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

सम्बन्धित समाचार

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

सेबोनको कारबाहीमा परे तीन ब्रोकर

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार