free website hit counter

मुक्तिनाथमा बचत खातासँगै निः शुल्क डिम्याट

beemaadmin
२०७६ चैत्र ३, सोमबार

काठमाडौं । बचत खातामा नयाँ नयाँ आकर्षण थपिनेक्रम जारी रहेको छ । यही मेसोमा मुक्तिनाथ विकास बैंकमा बचत खाता खोलेमा बैंकको सहायक कम्पनीको रुपमा रहेको मुक्तिनाथ क्यापिटलमा निःशुल्क हितग्राही खाता (डिम्याट खाता) खोल्न सकिने व्यवस्था मिलाएको छ । निक्षेपकर्ताहरुको विभिन्न वित्तिय आवाश्यकताहरु पुरा गर्दै बैंकसँगको कारोबारलाई थप दीर्घकालीन तथा मजबुत गराउन साथै बचत खाताहरुमा नविनतम सुविधाहरु प्रदान गर्दै जाने योजनाअनुरुप कुनै पनि नयाँ बचत खाता खोलेको अवस्थामा बैंकको सहायक कम्पनीको रुपमा रहेको मुक्तिनाथ क्यापिटलमा निःशुल्क हितग्राही खाता (डिम्याट खाता) खोल्न सकिने ब्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

Advertisement
Advertisement

देशभर सञ्चालनमा रहेका कुनै पनि शाखा कार्यालयमा ग्राहक स्वंयम उपस्थीत भई आवश्यक कागजपत्र बुझाएको २४ घण्टा भित्र हितग्राही खाता उपलब्ध गराइने ब्यहोरा समेत बैंकले जनाएको छ । भौतिक सेयर प्रमाणपत्र लाई अभौतिकरण गर्न ग्राहकबाट अनुरोध भई आएमा मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सहकार्य गरी अभौतिकरण गर्न समेत सकिने छ । यो योजना सीमित अवधीको लागि मात्र लागु हुनेछ ।

Advertisement
TEST

सम्बन्धित समाचार