free website hit counter

मुख्य सचिवमा बैरागी नियुक्त, खतिवडा र रेग्मी राजदूत !

beemaadmin
२०७७ आश्विन १५, बिहीबार

काठमाडौं। सरकारले मुख्य सचिवमा परराष्ट्र सचिव शंकरदास बैरागीलाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बैरागीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि आजै मुख्य सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका थिए। बिहीबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैरागीलाई मुख्य सचिव नियुक्त गरिएको जानकारी दिए। २०२२ साल माघमा पर्वतमा जन्मिएका पराराष्ट्र सचिव बैरागी २०४४ सालमा परराष्ट्र सेवामा प्रवेश गरेका हुन्। उनी २०७२ सालमा परराष्ट्र सचिव भएका थिए। त्यसअघि एक वर्षभन्दा लामो अवधि उनी सोही मन्त्रालयमा निमित्त सचिव भए।

खतिवडा र रेग्मी राजदूतमा सिफारिश
यसैगरी, सरकारले अमेरिकाको राजदूतमा युवराज खतिवडालाई नियुक्त गर्ने सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको हो।
त्यसैगरी मन्त्रिपरिषदले आजै मुख्य सचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गर्ने सिफारिस गरेको एक मन्त्रीले सेतोपाटीलाई जानकारी दिए। खतिवडाको कार्यकाल कात्तिक ११ गतेसम्म बाँकी थियो। राष्ट्रपतिले खतिवडा र रेग्मीलाई राजदूत नियुक्त गर्नुअघि संसदीय समितिले सरकारको सिफारिस अनुमोदन गर्नुपर्नेछ। त्यसका लागि संसदले चाँडै नै सुनुवाइ प्रक्रिया सुरू गर्नेछ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार