free website hit counter

मूल्य बढी लिएपछि भाटभटेनीलाई तीन लाख जरिवाना

beemaadmin
२०७७ बैशाख १७, बुधबार

 

काठमाडौं । लकडाउनका बेला सबैतिर बन्द भए पछि पहुँचका भरमा खुल्ला भएको भाटभटेनी सुपरमार्केटलाई तीन लाख जरिवाना भएको छ । दैनिक उपभोग्य सामानमा उल्लेख गरिएभन्दा बढी मूल्य लिएको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी सुपरमार्केटलाई तीन लाख रुपैयाँ जरिवाना गरेको हो।

Advertisement
Advertisement

विभागको टोलीले सोमबार गरेको अनुगमनका क्रममा टङ्गालस्थित भाटभटेनी सुपरमार्केटले उपभोग्य वस्तु ‘एमआरपी’ भन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएपछि सो जरिवाना तोकिएको थियो। उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार भाटभटेनीलाई उक्त रकम जरिवाना गरिएको विभागले जनाएको छ। यसैगरी, विभागले मूल्य सूची नराखी पसल सञ्चालन गरेको पाइएपछि कपनस्थित एमविटी खाद्य स्टोर्सलाई पनि एक लाख जरिवाना गरेको छ।

Advertisement
Advertisement

लकडाउनको समयमा सरकारले जनतालाई उपभोग्य वस्तुको खरिदमा सहजीकरण गर्न भन्दै भाटभटेनीलगायत ठूला पसल सञ्चालन गर्न अनुमति दिएको थियो। राजनीतिक पहुँच भएका यस्ता ठूला स्टोरहरुले मनोमानी मूल्य राखेर सामान बिक्री गरेपछि विभागले अनुगमन थालेकोहो । विपद्को अवस्थामा उपभोक्ता ठगिने भन्दै विभागले लकडाउनको समयमा पनि बजार अनुगमनलाई तीव्रता दिएको छ।

सम्बन्धित समाचार