free website hit counter

मृतकको घरैमा पुगेर दावी भुक्तानी

beemaadmin
२०७९ श्रावण २६, बिहीबार

बीरगन्ज । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको बिरगंज शाखा अन्तर्गतको उप शाखा कलैयाले मृतकको नाममा उनकै घरमा शोकसभा आयोजना गरी चार लाख ६५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । बारा जिल्लास्थित कलैया १० टोल निलकण्ठवा निवासी अशोक पासवानले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराएका थिए । उनको केही समयअघि निधन भएको थियो । कम्पनीले हिजो एक शोकसभाकै आयोजना गरेर मृतकका आश्रित परिवारलाई दावी भुक्तानी गरेको हो ।
शोकसभामा स्थानीय वडा अध्यक्ष, स्थानीय प्रहरी तथा सर्वसाधारणको उपस्थितिमा कम्पनीले रकम हस्तान्तरण गरेको हो । कार्यक्रममा मृतक अशोक पासवानको फोटो राखेरै शोकसभा आयोजना गरिएको हो । कार्यक्रममा कम्पनीका बीरगंज शाखाको शाखा प्रबन्धक श्रीराम प्रसाद चार लाख ६५ हजार रुपैयाँको चेक बीमितका बुवा सुखाडी पासवानलाई हस्तान्तरण गरेका छन् । उक्त कार्यक्रममा गाउका भद्र भलाद्मी र प्रहरी चौकी मटिअर्वाका प्रहरी नायब निरीक्षक जितेन्द्रकुमार झा को उपस्थिति रहेको थियो । त्यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कलैया उप शाखाका प्रमुख प्रकाश कुमार चौरसिया र एजेन्सी म्यानेजर दयासिन्धु कुशवाहा, दिपक साह, श्याम कुमार चौरसिया, संजय बैठा र सुवास कुमार साहको उपस्थिति रहेको थियो । कार्यक्रमका अध्यक्षता शंकर प्रसाद गुप्ताले गरेका थिए ।

सम्बन्धित समाचार

पाल्पा सिमेन्टको आईपीओ भयो बाँडफाँट

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

नेपाल पुनर्बीमाबाट युनाइटेड अजोड बाहिरिँदै

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले वृद्धि

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार