काठमाडौं । संस्थगत सामाजिक उत्तरदायित्वप्रति सचेत मेगा बैंक नेपाल लिमिटेडले लुम्बिनी क्षेत्रका विपन्न मुसहर र नेटुवा बस्तीका शितलहर पीडित बासिन्दालाई ब्ल्याङ्केट वितरण गरेको छ ।
शितलहरको जोखिममा रहेका मुसहर र नेटुवा बस्तीमा सहयोग पुग्ने उद्देश्यले लुम्बिनी विकास मञ्चमार्फत १ सय ५० थान ब्ल्याङ्केट सहयोग गरेको हो ।
लुम्बिनी विकास मञ्चको आयोजनामा न्यानोको अभावमा कोही मर्न नपरोस्, आफ्नो घरमा प्रयोग नभएको कपडा खेर नफालौं भन्ने मुल नाराका साथ निःशुल्क न्यानोपन अभियान २०७६ बैंकले सहयोग गरेको हो । सो क्षेत्रमा रहेका करिब १५० भन्दा बढी घरधुरीका लगभग २०० बालबालिका लाभान्विन्त भएका छन् ।