free website hit counter

मेगा बैंकले घोषणा गर्यो लाभांश

beemaadmin
२०७६ आश्विन ९, बिहीबार

काठमाडौं । मेगा बैंक नेपालले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई ११.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। असोज ८ गते सम्पन्न सञ्चालक समितिको २६२ औं बैठकले करसहित १ अर्ब २२ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरणको घोषणा गरेको हो।
अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा बैंकले १ प्रतिशत बोनस शेयर र ६.८५ प्रतिशत नगद गरि कूल ७.८५ प्रतिशत लाभांश वितरण गरेको थियो।
हाल १० अर्ब ३८ करोड ८६ लाख २१ हजार ४५३ रुपैयाँ रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले गत आर्थिक वर्ष २०७५÷०७६ को मुनाफाबाट एक अर्ब २२ करोड ६ लाख ६३ हजार २० रुपैयाँ बराबरको नगद लाभांश शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार