free website hit counter

मेगा र गण्डकीको मर्जर सहमति

beemaadmin
२०७६ आश्विन ९, बिहीबार

काठमाडौं । मेगा बैंक नेपाल र गण्डकी विकास बैंक एक आपसमा गाभिने भएका छन् । असोज ८ गते सैद्धान्तिक सहमति पत्रमा हस्ताक्षर भएको छ । बुधबार भएको सैद्धान्तिक सहमतिपत्रमा दुबै बैंकको सञ्चालक समितिका सदस्यलगायत प्रमुख कार्यकारी अधिकृतहरुको सहभागितामा मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाह र गण्डकी विकास बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष शुशील गौचनले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदनको आधारमा स्वाप रेशियो कायम हुनेछ । मर्जरपछि बन्ने बैंकको नाम मेगा बैंक लिमिटेड रहनेछ भने बैंक संचालक समिति र प्रमुख कार्यकारी अधिकृत पनि मेगा बैंककै रहने सहमति भएको छ । मेगा बैंकका अध्यक्ष शाहले यो यो सहमतिपछि मेगा बैंकको पूँजी, व्यवसायको आकारका साथसाथै शाखा सञ्चालनमा बृहत वृद्धि भई देशकै एक ठूलो वाणिज्य बैंकको रुपमा स्थापित हुने बताए। आषाढ मसान्त २०७६ को तथ्याङ्क अनुसार दुबै बैंकको संयुक्त निक्षेपको आकार १ खर्ब १२ अर्ब तथा कर्जा लगानीको आका ९८ अर्ब रहेको र हालको शाखा संख्या १९१ पुगेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार